साजिर मन्सूर,कलैया । प्याक्ट नेपालले स्वास्थ्य छेत्रमा समाजिक जवाफदेहीता सम्बन्धि गरेको अध्ययनको परिणाम सार्वजनिक गरेको छ । स्वास्थ्य क्षेत्रमा समाजिक जवाफदेहिता परियोजना अध्ययनको परिणाम तथा सिफारिस सार्वजनिकिकरण अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।

परियोजनाको मुख्य उदेश्य संघीयताको बिकास क्रमले स्वास्थ र सो भन्दा बाहेकका छेत्रको समाजिक जवाफदेहीता प्रबर्द्धनमा देखाएका सम्भावनाका साथै समाजिक जवाफदेहितामा कोभिड १९ ले पारेको अर्थ -राजनितीक प्रभाव बारे खोजी गर्ने रहेको प्याकट नेपालका प्राबिधिक सल्लाहकार दुर्लभ बोगटीले जानकारी गराएका छन ।

यस परियोजनाले समाजिक जबाफदेहिता सन्दर्भमा काम गर्दै आएको आयोजकले जनाएको छ । संघीयताको बिकास क्रमले स्वास्थ्य छेत्रमा समाजिक जवाफदेहिता भए नभएको अध्ययन गर्ने यश परियोजनाको काम भएको र अब अर्थ राज्य विश्लेषण सम्बन्धि अध्ययन अनुसन्धान गर्ने बताइएको छ ।

चालू अध्ययनले देशभरका ७ प्रदेश १३ जिल्ला र २१ पालिकामा गरेको सुचना दाता सङ्ग अन्तरवार्ता गरेर सबै देशभरका लागि प्रतिबिम्बित गरेको बोगटीले जनाएका छन । सो अध्ययनका अवसरमा संघीय सरकार,प्रदेश सरकारका निकाय,स्थानिय सरकारका निर्वाचित जनप्रतिनिधि,कर्मचारी,बिषयगत समिती,जिसस पदाधिकारी,स्वास्थ्य कार्यालय,सन्चार छेत्र,गैसस,स्वास्थ्यकर्मी,स्वास्थ्य संस्था ब्यवस्थापन समिती,सवयसेविका,लगायत स्थानिय सुशासन अभियानकर्ताहरु सङ्ग अन्तरवार्ता गरिएको प्याक्ट नेपाल बाराका साहले बताए । अध्ययन २०२१ को अगस्ट देखि नोभेम्बर सम्म गरिएको थियो ।

कलैया उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको बरेवा दरबार होटेल एन्ड ब्यान्क्विट मा भएको अन्तरक्रियामा परियोजना अध्ययनको अवसरमा संघीय स्तरले पुर्ण केन्द्रीकृत गर्ने गरेको आम बुझाई रहेको पाईएको प्याक्ट नेपालका बारा सहजकर्ता प्रेम प्रसाद साहले जनाए । अध्ययनले स्वास्थ्य छेत्रको समाजिक परिक्षणको भबिस्य अझै अन्यौलमा रहेको देखाएको पाईएको छ ।

अध्ययनका क्रममा २१ मध्ये १५ पालिकाले स्वास्थ्य छेत्रको समाजिक परिक्षणका लागि बजेट तर्जुमा नगरेको पाईएको छ । अध्ययनले स्वास्थ्य छेत्रको मानव श्रोत ब्यवस्थापनका लागि स्थानिय सरकारको लगानी बढिरहेको देखिएको बोगटीले बताएका छन। कोभिडका कारण सरकारले स्वास्थ्य छेत्रलाई पहिलो प्राथमिकतामा राखे पनि बिनियोजित बजेट चाहे अनुसारको उपलब्धि नभएको पाईएको प्रेम प्रसादले बताएका छन ।

कोभिडका कारण नागरिक सम्लगनता र समाजिक जवाफदेहीता प्रभावित भएको पाईएको जनाईएको छ ।
कलैया उपमहानगरपालिकाको उप प्रमुख रहिमा खातुनको अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष अमिका प्रसाद यादब,१० का अध्यक्ष शंकर प्रसाद गुप्ता,१३ का अध्यक्ष राजन प्रसाद कुर्मी,११ का अध्यक्ष सर्वनारायण चौधरी,कार्यपालिका सदस्यहरु,शिक्षा शाखाका अधिकृत बिजय अधिकारी,बाताबरण शाखा प्रमुख रामजी मण्डल,कलैया उपमहानगरपालिका का स्थानिय शासन बिज्ञ नजबुल्लाह अन्सारी,सुचना प्रबिधि अधिकृत सुरेश यादब,लेखा शाखाका किरण अधिकारी,एनजीओ फेडेरेशन बाराका अध्यक्ष शम्भु प्रसाद चौधरी, भएको कार्यक्रममा नागरिक समाजका अगुवा,समाजसेवी,सन्चारकर्मी,गैरसरकारी संस्थाका प्रतिनिधि र महिला अधिकारकर्मिहरुको सहभागिता रहेको थियो । बारामा कलैया उपमहानगरपालिका र परवानिपुर गाउपालिकामा यो परियोजना लागू रहेको साहले बताएका छन ।

प्याक्ट नेपालका प्राबिधिक सल्लाहकार बोगटीले अन्तरक्रियाको सहजीकरण गरेका थिए । बेलायत सरकारको आर्थिक सहयोग एवम प्याक्ट नेपालको आयोजनामा कार्यक्रम सन्चालनमा रहेको छ

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर