कलैया। लागूऔषधसहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन्।
बर्दिवास–सम्सी सडक खण्डअन्तर्गत औरही नगरपालिका-४ कठुधारबाट प्रहरीले लागूऔषध नाइट्राभेट-१० सहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी प्रकाश विष्टले बताउनु भयो।
पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका-६ बस्ने २५ वर्षीय सरोज विक र सिरहाको गोलबजार नगरपालिका-४ बस्ने २३ वर्षीय आकाश ठाकुर रहेका छन्। बा.४६प ६२७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथ बाट प्रहरीले कालो प्लाष्टिकको झोलामा झुण्डयाएर भारतबाट ल्याइएको २ हजार ९ सय ८२ थान नाइट्राभेट–१० बरामद गरेको हो । पक्राउ परेका दुवै जना माथि थप अनुसन्धान भोरहेको प्रवक्ता विष्टले बताउनु भयो।