
कलैया । गृहमन्त्री बालकृष्ण खाँणले बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वाल लाई टेलीफोन सम्पर्क गरि सीमा नाकाबाट भित्रने नागरिकमा कोभिड–१९ सङ्क्रमणको अवस्था, होल्डिङ सेन्टर र एन्टिजेन्ट परीक्षण लगायत समग्र जिल्लाको अवस्था बारे जानकारी लिएका छन ।
प्रमुख जिल्ला अधिकारी कट्वालले गृहमन्त्री खाँणले सीमा क्षेत्रमा एन्टिजेन परीक्षण, स्वास्थ्य सेवाकेन्द्रको अवस्था र शीतलहरबाट नागरिकलाई बचाउन भइरहेको प्रयास तथा योजनाबारे मन्त्री खाँणले जानकारी लिनुभएको बताए ।
गृहमन्त्री खाँणले सीमाबाट भित्रने नागरिक जसको कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ देखिन्छ, उनीहरूलाई आइसोलेसनमा राख्न र नजिकैको जिल्लामा घर भएका स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पु¥याउने व्यवस्थाब मिलाउन समेत निर्देशन दिएका छन् ।
गृहमन्त्रीले बारा सहित सीमानाका जोडिएका र नजिकका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समग्र जिल्ला को अवस्थाबारे टेलिफोनमार्फत जानकारी लिनुभएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिएका छन् ।