
कलैया । बाराको सुवर्ण गाउँपालिकामा ग्याँस सिलिण्डर तथा चुलो वितरण गरिएको छ ।
गाउँपालिकाले ४९ लाखको वडास्तरीय बजेटबाट वडाका ५३५ घरपरिवारलाई ग्याँस सिलिण्डर तथा चुलो वितरण गरेको हो । नेपाल सरकारको धुवाँरहित अभियान अन्तरगत कार्यक्रमको आयोजना गरि सो वडामा ग्याँस सिलिण्डर तथा चुलो वितरण गरिएको गाउँपालिका अध्यक्ष महेन्द्र यादवले बताए ।
सुवर्ण गाउँपालिका वडा नम्बर ४ मा एक कार्यक्रमका बीच ५३५ घरपरिवारलाई ग्याँस सिलिण्डर तथा चुलो वितरण गरिएको छ । अन्य वडाहरुमा पनि पालैपालो ग्याँस सिलिण्डर तथा चुलो वितरण गरिने अध्यक्ष यादवले बताए।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवले वडामा कसैलाई काखापाखा गरि ग्याँस सिलिन्डर नबाडिने बताए ।