
पर्सा । पर्सामा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
मंगलबार साँझ जिल्लाको जिराभवानी गाँउपालिका वडा नम्बर १ गम्हरियामा मोटरसाइकलअनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४० बर्षीय हेमन्त दासको मृत्यु भएको प्रहरी ले जानकारी दिएको छ ।
मोटरसाइकलको पछाडी सवार दास दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा विरगंज स्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको हो ।