
बारा । बाराको सदरमुकाम कलैयामा रहेको बिश्वास मिडिया प्रा लि द्वारा सन्चालित बिश्वास एफएमले मुस्लिम समुदायको पवित्र महिना रम्जानको अवसरमा ईफ्तार पार्टीको आयोजना गरेको छ । एफएम परिसरमा गरिएको कार्यक्रममा जिल्लाका उच्च ओहदाका रास्ट्र सेवक कर्मचारी सहित रेडियोको श्रोता तथा रोजा बसेका जनप्रतिनिधि सहभागी रहेका थिए ।
एफएमले प्रत्येक बर्ष रमजान महिनामा रोजा ( मुस्लिम समुदायले एक महिना भोकै पानी पनि नखाएर बस्ने कडा व्रत) को अवसरमा महिनाको अन्त्यतिर एक दिन व्रत बस्ने हरुलाई बसाएर ईफ्तार अर्थात रोजा खोलाउने गर्दै आएको छ । यो महिनाको मान्यता तथा मुस्लिम धर्मावलम्बीले मान्ने पर्वको बारेमा सबैमा जान्कारी पनि होस र सबैको माया स्नेह र आशीर्वाद मिलोस भन्ने उदेश्यले कार्यक्रम आयोजना गर्ने गरिएको एफएमका सन्चालिका प्रीयन्का कुमारी दासले बताईन ।
दासले आफुले यसरी रोजा बस्ने ब्रतालुहरुको सेवा गर्न पाउँदा अत्यन्तै खुशी महसुस गर्ने गरेको बताईन । एफएमका अध्यक्ष शन्नी कुमार जयस्वालले एफएमलाई जनताले गरेको माया र सम्मानका लागि सदैव आभारी रहने बताउदै जनताको सुचना समाचार र मनोरञ्जनका लागि हर सम्भव प्रयास रहेको बताए । यता बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले एफएम परिवारले हरेक धर्म संस्कार र संस्कृतिको सम्मान र प्रवर्द्धन गरेकोमा एफएम लाई धन्यवाद ब्यक्त गर्दै उतरोतर प्रगतिको कामना समेत ब्यक्त गरेका छन ।
कटुवालले समाज परिवर्तनका लागि बिश्वास एफएमको योगदानलाई सदैव स्मरण गरिने समेत बताएका छन । आफुले नेपालमा रहेको विभिन्न जातजाति र धर्म संस्कृतिका बारेमा बुझ्न मौका पाएकोमा सम्बन्धित सबैमा धन्यवाद दिए । रोजा जस्तो कठोर पर्वमा सबै ब्रतालुको सु स्वास्थ र समृद्धि का लागि कटुवालले भगवान सङ्ग कामना गरे ।