हटलाईन सम्बादाता
जितपुरसिमरा,जेष्ठ १०

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले प्रतिवद्धता कार्यान्वयनको निम्ति अग्रसरता देखाउनुभएको छ । पदभार ग्रहण गरेको भोलिपल्टै देखि नगर प्रमुख पौडेलले प्रतिवद्धता कार्यान्वयनको निम्ति अग्रसरता देखाउनुभएको हो ।

चुनावी प्रतिवद्धता पत्र कार्यान्वयनको निम्ति नगर प्रमुख पौडेल आज काठमाण्डौको बिभिन्न मन्त्रालय पुग्नुभयो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेल लगायतको उपस्थितिमा काठमाण्डौ पुगेको पौडेल नेतृत्वको टोलिले बिभिन्न मन्त्रालयका मन्त्रीहरुसंग छलफल गरेको छ ।

अर्थमन्त्रीसंग बजेट माग
नगर प्रमुख पौडेलले संघिय सरकारका अर्थमन्त्री जर्नादन शर्मासंग भेट गर्नुभएको छ । पौडेलले नगरको विकासका निम्ति आवश्यक बजेट बिनियोजन गर्न आग्रह गर्नुभएको थियो । जीतपुरसिमरा मोडलको रुपमा उपमहानगरपालिकालाई अघि बढाउन अर्थमन्त्री शर्मासंगको भेटमा पौडेलले बिशेष भुमिका खेलिदिन आग्रह गर्नुभएको हो । भेटमा अर्थमन्त्री शर्माले जीतपुरसिमराको विकासमा मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

श्रम अस्पतालबारे छलफल
नगर प्रमुख पौडेलले आजै श्रम तथा रोजगार मन्त्री किशान श्रेष्ठसंग पनि भेटघाटन गर्नुभएको छ । भेटमा पौडेलले जीतपुरसिमरामा श्रम अस्पताल बनाउन आग्रह गर्नुभयो । भेटमा पौडेलले भन्नुभयो ‘श्रमिकहरुको समस्या समाधान गर्न जीतपुरसिमरामा श्रम अस्पताल आवश्यक छ, त्यसको निम्ति आवश्यक पहल गरिदिनुहोला’ । भेटमा श्रममन्त्री पौडेलले जीतपुरसिमरामा श्रम अस्पताल बनाउने तयारी भईरहेको भन्दै आवश्यक प्रक्रिया शुरु गर्ने बताउनुभयो । श्रम मन्त्री श्रेष्ठको कार्यकक्षमा भएको भेटमा श्रम सचिव एक नारायण अर्यालले छिट्टै प्रक्रिया शुरु गरिने बताउनुभयो ।

गृहसचिवसंग सुरक्षाको माग
नगर प्रमुख पौडेलले गृहसचिव टेकनारायण पाण्डे पनि भेट गर्नुभएको छ । भेटमा पौडेलले जीतपुरसिमराको सुरक्षा प्रभावकारी बनाउनको निम्ति आवश्यक पहल गर्न आग्रह गर्नुभयो । नगर प्रमुख पौडेलले ईलाका प्रहरी जीतपुरमा प्रहरी निरिक्षकको दरबन्दी कायम गर्ने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन उहाले आग्रह गर्नुभयो । पौडेलले दक्षिणी क्षेत्रमा सुरक्षा अवस्था निकै कमजोर रहेको भन्दै बिशेष योजना प्रस्तुत गर्न आग्रह गर्नुभयो । जवाफमा गृहसचिव टेकनारायण पाण्डेले जीतपुरमा प्रहरी निरिक्षकको दरबन्दी कायम गर्ने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आवश्यक निर्देशन दिईसकिएको बताउनुभयो ।

प्रचण्डसंग भेट
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नगर प्रमुख पौडेललाई बधाई दिनुभएको छ । आज भएको भेटमा नगर प्रमुख पौडेललाई प्रचण्डले बधाई तथा शुभकामना दिनुभएको थियो । विजयसभामा आफु जीतपुरसिमरा आउन चाहे पनि व्यस्ताका कारण आउन नसकेको भन्दै अध्यक्ष प्रचण्डले जनताको मनोभावना अनुसार काम गर्न निर्देशन दिनुभयो ।

मेयरको टोलिमा को–को थिए ?
नगर प्रमुख पौडेल नेतृत्वको टोलिमा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेल, वडा नम्बर ४ का वडा अध्यक्ष भोजबहादुर खत्री ईश्वर, प्रशासकीय अधिकृत बालाराम खड्का, नेपाली काग्रेसका युवा नेता शेखर भण्डारी, युवा व्यवसायी उपेन्द्र अर्याल, स्वास्थ्यकर्मी नागमणी पटेल लगायतको उपस्थिति रहेको थियो । टोलिले नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन अनन्त, पुर्व सभामुख ओनसरी घर्ति, महिला नेतृ हिसिया यमी लगायतसंग पनि भेट गरेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर