
साजिर मन्सूर
कलैया,असार ४
कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवन टोलमा सामुदायिक भवन(धर्मशाला) निर्माणका लागि समाजसेवी बिर्जा पति देबिले वडा कार्यालय नजिकै ११ धुर जग्गा सहयोग गरेकी छन । समाजसेवी देबिले सामुदायिक भवनको नाम “श्री राजेन्द्र प्रसाद जयस्वाल”राख्ने शहमती बमोजिम कलैया उपमहानगरपालिकाको नाममा जग्गा नामसारी गरेको काङ्ग्रेस नेता उपेन्द्र प्रसाद जयस्वालले बताएका छन । यता आजै प्रदेश सान्सद पारस साहले एक कार्यक्रमका बिच सो धर्मशाला निर्माणका लागि शिलान्यास गरेका छन । २० लाखको लागतमा बन्ने सो धर्मशालाको साहले शिलान्यास गरेको साहका स्वकिय सचिव सुजित पाण्डेले जानकारी गराएका छन । प्रदेस सरकार समाजिक बिकास मन्त्रालय बाट बिनियोजन गरिएको बजेट बाट सो भवन को सिलान्यास साहले गरेका हुन । साहले देबिको प्रसंशा गर्दै यस्ता समाजसेवी को सबैले सम्मान गर्ने र सदैव सम्झनामा राख्ने बताएका छन । धार्मशाला निर्माण पश्चात् सो वडाका नागरिकले सेवा प्राप्त गर्ने साहले बताएका छन ।
उक्त अवसरमा भुपु गा.बि.स अध्यक्ष बाबुलाल प्रसाद कलवार,समाजसेबी पुर्ब प्रधानाध्यापक रामअयोध्या प्रसाद,समाजसेबी रेड्क्रस कर्यालय का पुर्ब कर्मचारी गोपि राउत,समाजसेबी एवम काङ्ग्रेस नेता उपेन्द्र जैस्वाल,जसपा वडा कमिटी अध्यक्ष अजय कुमार,बिश्वास एफएम कलैयाका अध्यक्ष शन्नी कुमार जयस्वाल लगायत वडा बासीको उपस्थिति रहेको थियो।