साजिर मन्सूर
कलैया,असार ७
नेपाल ईन्स्टिच्युट अफ मास कम्युनिकेशन प्राली ले मधेश प्रदेश मै पहिलो पल्ट मधेश प्रदेश मिडिया अवार्डस २०७९ को आयोजना गर्ने पत्रकार सम्मेलन गरि जनाएको छ । बारा सदरमुकाम कलैयामा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष आनन्द शर्माले जानकारी गराएका छन । शर्माले यहि असार २५ गते कलैयाको करण राज प्यालेसमा अवार्डस हुने बताएका छन । कार्यक्रमको मुख्य मन्त्री मधेश प्रदेश सरकारका मुख्य मन्त्री महमद लालबाबु राउत गद्दी आउने जनाएका छन । शर्माले सो कार्यक्रमको ५ वटा टेलिभिजन र १० वटा रेडियो बाट प्रत्यक्ष प्रसारण गरिने समेत जनाएका छन ।
अनुमानित लागत १२ लाख हाराहारीमा लागत लाग्ने र सो लागत प्रदेश सरकार स्थानिय तह लगायतबाट कलेक्सन हुने बताएका छन । सो अवार्डसमा विभिन्न २० बिधामा उत्कृष्ट सन्चारकर्मिलाई सम्मानित गरिने आयोजकले जनाएको छ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702