हटलाईन सम्बादाता
कलैया,असार १२
बाराको महागढीमाई नगरपालिकामा रहेको श्री महागढीमाई बहुमुखी क्याम्पसमा खाद्य पोषण तथा स्वच्छता सम्बन्धी विद्यालय स्तरीय सचेतना अभिमुखिकरण कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
गरीबि निवारण उत्थान तथा सचेतना नेपाल तथा १०० ग्रुप बाराले स्वच्छ सन्तुलित आहार स्वास्थ्य जीवनको आधार भन्ने नाराका साथ सुरु गरेको यो अभियान अन्तर्गत आईतबार महागढीमाई बहुमुखी क्याम्पसमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । बढ्दो शहरिकरण संगै मानिसको जिवनमा गलत खानपानका कारण देखिने गरेको विभिन्न प्रकारको रोगहरु नियन्त्रण गर्न र स्वस्थ्य खानपानमा सबैको पहँुच पूर्याउने उद्देश्यले अभियानको थालनी गरिएको गरिबी निवारण उत्थान तथा सचेतना नेपाल तथा १०० ग्रुप बाराका अध्यक्ष यश मिश्राले बताएका छन् ।
संस्थाले आफ्नै लगानिमा सुरु गरेको अभियान अन्तर्गत आईतबार भएको अभिमुखिकरण कार्यक्रममा आर के एण्ड सन्स ग्रुप प्रा.ली.ले स्टेशनरी सहयोग गरेको अध्यक्ष मिश्राले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर