कलैया । कलैया उपमहानगरपालिकाको सहयोग र पशु सेवा शाखाको आयोजनामा वडा नम्बर १४ मा एकदिने निशुल्क पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर मंगलबार सम्पन्न भएको छ ।
पशुहरुमा लाग्ने रोग नियन्त्रण र लागेका रोगहरुको उपचारका लागि बाराको कलैया उपमहानगरपालिकाले सुरु गरेको निशुल्क पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर मंगलबार वडा नम्बर १४ मा सम्पन्न भएको हो । कलैया उपमहानगरपालिकाको पशु सेवा शाखाको सक्रियतामा संचालन भएको उक्त शिविरमा मंगलबार १४ नम्बर वडाका साना र ठुला गरि १ हजार ५ सय ५० वटा पशुहरुको उपचार र भ्याक्सिन लगाउने काम भएको आयोजकले बताएका छन् ।
ठुला पशुहरुमा चरचरे र भ्यागुते रोग विरुद्धको भ्याक्सिन र बाख्राहरुमा पिपिआर रोग विरुद्ध भ्याक्सीन लगाईएको छ । शिविरमा रोगी पशुहरुको उपचार गरिनुका साथै खुर फाटेका पशुहरुमा लाग्ने चरचरे र भ्यागुते रोग विरुद्धको भ्याक्सीनेशन १४ नम्बर वडाका गाई, गोरु, भैसिं, पाडा, पाडि, बाच्छा र बाच्छिहरुमा गरिएको पशु स्वास्थ्य शाखाका पशु विकास अधिकृत महबुब आलमले बताएका छन् ।
मंगलबार सम्पन्न भएको उक्त शिविरको उद्धघाट्न वडा अध्यक्ष सुरेन्द्र प्रसाद जैसवालले गरेका थिए भने शिविरमा श्रीनिवास यादव, अशोक यादव, अनिल यादव, जितेन्द्र यादव, आदर्श ठाकुर लगायत अन्य पशु प्राविधिकहरुले पशुहरुलाई खोप लगाएका थिए ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702