बारा । बारा प्रहरी ले दुई जना मोटरसाइकल चोर लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट फतुवा विजयपुर नगरपालिका वडा नम्बर ४ स्थित गरूडा मलाही टोल स्थितमा सोही नगरपालिका को वडा नम्बर ५ बस्ने वर्ष १९ को रामनारायण राय यादव र सोही स्थानमा बस्ने वर्ष २१ को अजय राम रहेको प्रहरी ले जनाएको छ ।
ऊनीहरुले असोज २२ गते राती १ बजे करैयामाई गाउँपालिका वडा नं.८ स्थित नरही टोल बाट मोटरसाइकल चोरी गरि रौतहट लगेको प्रहरी को अनुसन्धान मा खुलेको छ ।
प्रहरीले ऊनीहरुको साथ बाट थप एक भारतीय नम्बर प्लेट को मोटरसाइकल समेत बरामद गरेको छ । ऊनीहरु दुबै लाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटी ले जानकारी दिएका छन् ।