साजिर मन्सूर
कलैया,असोज २९
बारा सदरमुकाम कलैयामा रहेको सब भन्दा पुरानो पशुपति पुस्तकालयको बार्षिक साधारणसभा सम्पन्न भएको छ । बि.स. २००४ सालमा स्थापित पशुपति पुस्तकालयको जिल्लामै महत्वपुर्ण योगदान रहेको वक्ताहरुले बताएका छन । कलैया १ मानवत मटिअर्वा सडक खण्डमा रहेको २ कट्ठा जग्गामा रहेको भवनबाट मासिक ३५ हजार को आम्दानी हुने गरेको पुस्तकालयका कोषाध्यक्ष पवन कुमार अग्रवालले जानकारी गराए ।
संस्थामा हाल ५१ जना आजिवन सदस्य र ११ जना कार्यसमिती रहेको संस्थाका अध्यक्ष राजा दासले जनाए ।संस्थामा आगामी ५ बर्षमा पुस्तकालयको पुननिर्माणमा निरन्तरता दिने,पुस्तकालय लाई आत्म निर्भर बनाउने,पुस्तकालयलाई ई लाईब्रेरी बनाउने,ईन्टरनेट तथा वाईफाई को ब्यवस्था गर्ने र कलैया स्थित सबै कार्यालय,संघ सन्स्थालाई सदस्यता को परिधी भित्र ल्याउने कार्य योजना अगाडी सारिएको अध्यक्ष दासले जनाए ।
पुस्तकालयका अध्यक्ष राजा दासको अध्यक्षता एवम बारा उधोग बाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथि कलैया उपमहानगरपालिकाका योजना अधिकृत हाजी मुस्ताक अन्सारी,नेपाल भारत मैत्री संघ बाराका अध्यक्ष हिरालाल साह,पुर्व अध्यक्ष महम्द अफरोज,कलैया उपमहानगर वडा नम्बर १ का वडा सदस्य शशी दास,कलैया उपमहानगरपालिका वडा नम्बर २३ का पुर्व अध्यक्ष बिक्रम साह,गोपाल सेवा समिती बाराका अध्यक्ष जङ्गबहादुर यादव,ज्येष्ठ नागरिक समाज बाराका अध्यक्ष भरत बहादुर मल्ल,सचेत नागरिक समाज बाराका अध्यक्ष जय मङ्गल ठाकुर,कलैया सिटि जेसिजका अध्यक्ष सन्दिप बरै,पुर्व अध्यक्ष धनिलाल सरार्फ,समाजसेवी मन्तोश चौधरी,बिजय जयस्वाल,उमर फारुक अन्सारी,शशी राज केशरी,सत्यनारायण कुश्वाहा,तेजिलाल साह,लक्ष्मी चौधरी,बिन्देश्वरी बर्मा लगायतका समाजसेवीहरुको उपस्थिति रहेको संस्थाका कोषाध्यक्ष पवन अग्रवालले जानकारी गराए ।
उपाध्यक्ष रामबाबु कुश्वाहाले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव किशोरी रामले गरेका थिए ।