साजिर मन्सूर
कलैया,असोज ६

बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटी र डिएसपी राजेश थापा सहित ३० जनाले रक्तदान गरेका छन । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय कलैया बाराको आयोजनामा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ति २०७९ को पावन अवसरमा पुजा आर्चना गरि रक्तदान शिविर सन्चालन गरिएको थियो । कलैया को भरत चौकमा आयोजित कार्यक्रमको उदघाटन एक कार्यक्रम बिच प्रमुख अतिथी बाराका प्रमुख जिल्ला अधिकारि कृष्ण बहादुर कटुवालले गरेका थिए ।
कटुवालले रक्तदान सब भन्दा ठूलो मानविय कर्म मध्ये को एक भएकाले सबैले यो कर्म गर्नुपर्नेमा जोड दिए । कटुवालले धेरै नेपालिको रगतको अभावमा अकालमा ज्यान जाने गरेकाले समेत हामी सबैले रक्तदान गरेर त्यस्ता मानिसको ज्यान जोगाउन सकिने र यो जिवनको सबभन्दा पुन्य कर्म हुने बताए ।
यता रगत दिदै एसपी बोगटिले हामि सबै यो कर्म गर्नुपर्नेमा जोड दिए । रगत दिदा शरिरको पुरानो रगत गएर नया रगत बन्ने र शरीर पनि अझ चुस्त दुरुस्त र स्वस्थ हुने बिचार राखे । बोगटीले सबै जनता सङ्ग शरिरिक स्वस्थता हेरि सबैले रक्तदान गर्न आग्रह गरे ।
यता समाजसेवी जङ्गबहादुर यादवले यसरी बाराको सन्दर्भमा बाराका प्रहरी प्रमुख र उपप्रमुख ले सङ्गै रक्त दान गरेको आफैमा एतिहासिक छण भएको र यसलाई सदैव स्मरण गरिने बताए ।
प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय कलैयाको कार्यालय प्रमुख डा. पुनिता केसरिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वरिष्ठ कविराज निरिक्षक सहदेव पन्डितले गरेका थिए । उक्त शिविरमा जम्मा ३० जनाले रक्तदान गरेकोमा १ जना महिला र २९ जना पुरुष रहेका थिए।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर