साजिर मन्सूर
सिमरा,मङ्सिर २७
आमाको कोखमा सुरक्षित नहुने छोरिहरु कहाँ सुरक्षित रहने सरकार ? भनेर नेपाल सरकारको पुर्व उप सचिव,महिलाबादी आन्दोलनको अगुवा एवम टेवा नेपालको सल्लाहकार सरु जोशीले बताएकी छ्न ।सामुदायिक सुरक्षा जालो र महिलाबादी आन्दोलनको सुदृढीकरण दीर्घकालीन दिगोपनाको लागि पाचौ प्रदेश स्तरिय ३ दिने कार्यशाला गोष्ठीको बाराको सिमरामा शुरु भएको कार्यक्रमम यस्तो बताएकी हुन ।
जोशिले छोरी हरु अहिलेको समयमा प्रबिधिको गलत प्रयोगका कारण आमाको कोखमा सुरक्षित नहुने भएपछि कहाँ सुरक्षित रहने भन्ने प्रती प्रश्न गरेकी छन । अहिलेको समयमा पेटमै हुदा छोरा छोरी के हो भन्ने पत्ता लगायएर छोरी भए विभिन्न पुरातन बादी सोचका कारण भ्रुण हत्या भैरहेकाले त्यसलाई समेत राज्यले रोक्न नसकिरहेको बेला अन्य स्थानमा कसरी हाम्रा छोरी बेटि सुरक्षित रहने चिन्ताको बिषय भएको बताएकी छन ।
सोचमा समानताको बिकास जरुरी रहेको जोशिले बताएकी हुन ।
गोष्ठीको सहजीकरण गर्दै जोशिले महिला पुरुष र समलिङ्गी तथा तेस्रो लिङ्गी सबैको समग्र सम्मान एवम बिकासका लागि चालिने कदम नै महिलाबादी सोच भएको बताएकी हुन । महिलाबादी सोचले मानवले पाउने हरेक सम्मानको बकालत गर्ने जोशिले बताईन । १ सय १२ बर्ष पहिला देखि महिलाबादी आन्दोलन कुनै न कुनै रुपमा चलिरहेको समेत जोशिले बताउदै सामुदायिक सुरक्षा जालोका रुपमा महिलाबादी सोचको बिकास हुँदै गर्दा हामी सबैले सबैको सहारा बन्न जरुरी रहेको बताईन । आफुले एनामा हेर्दा आफ्नो स्वाभिमान झकिने खालको काम गर्न सबैलाई जोड दिएकी छन । जोशिले बिना कुनै पारिश्रमिक महिलाले घरको सबै काम गर्दै आएपनी घर परिवारमा उसलाइ चाहिने जति सम्मान नहुनु विभेद भएको बताईन । नेपालमा २६ प्रतिशत महिलाले मात्र काम गरेर तलब पाउने तथ्यांक रहेको बताईन । जोशिले नेपालमा एक तथ्यांकका अनुसार ८० हजार यौन ब्यवसायी रहेको र त्यहा जाने हाम्रै समाजका पुरुष अर्थात कसैको बुवा कसैको लोग्ने कसैको छोरा रहेकाले समेत हामिले कसैलाई तल देखाउनमा रमाउनु भन्दा समाज लाई असल बाटोमा हिडाउन तर्फ सबै मिलेर बढ्नुपर्नेमा जोड दिएकी छन ।
यो देश एक एक ब्यक्ति बाट बन्ने भएकोले सबैले आ आफ्नो तर्फबाट सकेसम्म देशको लागि लागनुपर्ने बताईन । कसैलाइ सम्मान दिदा देउता भन्दा पनि बढी सम्मान दिदा उनीहरु असम्बेदन्शिल बन्दै गएकोले आवस्यकता भन्दा बढी सम्मान पनि नदिन आग्रह गरिन । सरकार,डोनर,पालिका कहिले आउँछ त्यता नगैइ छिमेकी कब आउँछ त्यो बाताबरण बनाउनुपर्छ उनले भनिन ।
देशमा अधिकान्स खेती योग्य जमिनलाई बाझो छोडेर हामी केवल उपभोक्ता बादी सोचमा अगाडी बढिरहेको प्रती समेत दुख ब्यक्त गर्दै हामिले आफैले उत्पादन गरेर आफ्नै बारिको उत्पादित समान खानमा जोड दिईन । यहाँ सम्म कि हामिले आफ्नो नानिबाबुहरुको टिभिनमा पनि चाउचाउ बिस्कुट जन्क फुड मात्र दिएर उनिहरुको जीवन सङ्ग खेलवाड गरिरहेको बताएकी छन । आफुलाई कृषक भन्नुमा पनि लाज मानिरहेको हाम्रो समाजमा आचरण परिवर्तन गर्दै खाद्य सुरक्षामा रैथाने बिउहरुको प्रयोग गर्नुपर्नेमा जोड दिएकी छन ।
मौनताको संस्कृति बढ्नु पनि देश बर्बाद बनाउनु भएको भन्दै केवल आर्थिक चलखेल मात्र भ्रस्टाचार नभएर सत्यको लागि नबोल्नु पनि भ्रस्टाचार भएको जोशिले बताईन । गलतलाई गलत सम्म भन्न नसक्ने सङ्ग के देश बिकासका लागि आशा गर्ने भनेर चिन्तित भएको बताईन ।
जोशिले आजको माननीय चार बर्ष पछाडी हाननिय नहुन समाजका लागि उल्लेख्य सकारात्मक परिवर्तनको सम्बाहक बन्नुपर्ने बताईन ।
गोष्ठीमै सहजीकरण गर्दै आयोजक संस्था टेवा नेपालको कार्यक्रम अधिकृत प्रतिस्ठा थापाले महिलाहरुको स्तर प्रजनन स्वास्थ्य,मानसिक बिकास दिगो बनाउन स्थानिय तहले जोड दिनुपर्ने साथै दातृ निकायको अनुपस्थितिमा यसलाई कसरी दिगो बनाउने भन्ने बिषयमा पनि गम्भीर हुन सबैलाई आग्रह गरिन । महिला बादी सोच भनेको पुरुष विरुद्ध नभएको बताउदै यसमा सबै सकारात्मक बन्न आग्रह गरिन । हरेक जिल्लाको जिल्ला अस्पतालमा एक द्वार संकट ब्यवस्थापन केंद्र रहेपनी पर्याप्त सुचनका अभावमा त्यसको सहि तथा समुचित उपभोग नागरिकले गर्न नसकिरहेको बताउदै अब सामुदायिक सुरक्षा जालोका सदस्यहरुले यसको बारेमा जनचेतना जगाउनु पर्ने र संचार तथा समाजिक सन्जालका सहयोगले यसको व्यापक प्रचारप्रसार हुनुपर्ने बताईन । थापाले जालो बनाउन बृहत् छलफल गर्दै १ हजार महिलालाई जालोमा जोड्ने लक्ष्य भएपनी हाल सम्म १ हजार ५ सय महिलालाई यसमा जोडन सफल भएको जानकारी गराईन । संस्थाले हाल सम्म जालो मार्फत देशभरका आवस्यकता भएका नेपालिलाई ९२ लाख ४९ हजार बराबरको राहत सहयोग गरेको बताईन । संस्थाले जालोका लगि साझा माग पत्र बनाई स्थानिय सरकारलाई बुझाएको,सडक नाटक,मिडिया मार्फत वकालत,भिडियो डकुमेन्ट्री,मुठी दानको चलन फेरि शुरु गराएको,अर्गानिक खेतिमा जोड,भत्ता मुखी कार्यक्रम को चलन रोक्न अभियान लगायतको कार्य गरेको थापाले बताईन । बिखन्डित हुँदै गएको समाजलाई जोड्न दोश्रो पुस्ता हस्तान्तरण कार्यक्रम लागू गरिएको जानकारी गराईएको छ । संस्थाले हाल सम्म आफै नेपाली नागरिक सङ्ग आर्थिक सन्कलन गरि आवस्यकता भएकालाई अनुदान दिदै उधमी बनाउने र रोजगारी सिर्जना गराउदै आएको कार्यक्रम अधिकृत थापाले बताईन ।
मधेश प्रदेशको बारा रौतहट र सर्लाहिमा टेवाले यो कार्यक्रम सन्चालन गरिरहेको संस्थाका पत्र बाहक प्रकाश कोईरालाले जानकारी गराए ।
युएन वोमेन तथा फिन ल्यान्ड बिदेश मन्त्रालयको सहयोग एवम टेवा नेपालको आयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।