
प्रीयन्का कुमारी दास
कलैया,पुष १६
बाराको सिमरौनगढ नगरपालिका बाट प्रसारण हुँदै आएको नारायणी मिडिया प्राली द्वारा सन्चालित रेडियो बादलले श्रोता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कोल्बी नगरपालिकाको सुबिहानी कटेज एन्ड लजको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रेडियोका सुभचिन्तक श्रोताहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सुवर्ण गाउपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले बाराका सन्चार गृहलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन । आगामी दिनमा रेडियोहरुलाई बिशेष कार्यक्रम दिने जनाए । बाराको सन्चार गृहलाई आफ्नो प्राथमिकता रहने प्रतिबद्धता जनाएका छन ।
बिशिस्ट अतिथि आदरश कोत्वाल गाउपालिकाका अध्यक्ष जवाहर साह ले सन्चार को माध्यमबाट हामिले सुचना पाईरहेको बताउदै यसको उत्थानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । हामिले गर्ने सहयोग गर्ने साहले जनाए । स्थानिय सरकार भनेको सिङ्गान पुछ्ने सरकार भएको बताउदै संघीय सरकारका कारण आवस्यक बिकास हुन नसकेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान भनेको सानो माछा मात्र खाने भएको निकाय रहेको साहले बताउदै गल्ती गर्ने हरेक लाई समाउनु पर्ने बताए ।
कार्यक्रम लाई सम्बोधन गर्दै बिश्वास एफएम का प्रबन्ध निर्देशक एवम नेपाल प्रेस युनियन बाराका सचिव साजिर मन्सूरले बारामा रेडियोलाई सन्चालन गर्न अत्यन्तै कठिन भएको बताए । मन्सूरले अन्य जिल्लाको सन्चार माध्यमलाई काखी च्याप्ने र आफ्नै जिल्लाका पत्रकारलाई बाईपास गर्ने गरेको प्रती दुख ब्यक्त गरे । त्यस किसिमको कामको अन्त्य होस भन्दै मन्सूरले नेपालको प्रधानमन्त्रीले पनि हाम्रो देश बाहेकको अन्य देशको मिडियालाई पहिलो अन्तरवार्ता दिनु र झन गर्व लागेको भन्नू अत्यन्तै दुखद भएको बताए । मन्सूरले स्थानिय सन्चार गृह नै धरासायी भए बाराका सन्चार गृह र पत्रकार कसरी रहने बताईन ।
मन्सूरले कपि पेस्ट को जमानामा पत्रकारिता गर्नेलाई चुनौती रहेको बताउदै स्थानिय सरकारले यसमा ध्यान दिनुपर्ने बताए । कार्यक्रम गर्न सहयोग गरेको सुवर्ण सरकारलाई हार्दिक धन्यवाद दिदै यस किसिमको सहयोग सबै स्थानिय सरकारले गर्नुपर्नेमा जोड दिए ।
मन्सूरले बिश्वास एफएम ले श्रोतालाई धेरै पहिले नै रेडियो नै बितरण गरेको तर हाल अवस्था त्यस्तो सहज नभएका कारण त्यसलाई निरन्तरता दिन नसकेको प्रती सम्पुर्ण श्रोता सङ्ग माफी मागेका थिए ।
सो अवसरमा सब बन्दा बढी रेडियोका कार्यक्रमहरुमा फोन गर्ने पुरुष बाट दिपेन्द्र यादव र महिलाबाट माया चौधरीलाई सम्मान पत्र गिफ्ट ह्याम्पर र टि सर्ट प्रमुख अतिथि राजेश प्रसाद यादव र आदर्श कोत्वाल गाउपालिकाका अध्यक्ष जवाहर साहले पुरस्कार बितरण गरेका छन । सोही अवसरमा बाराका सकृय सन्चारकर्मी साजिर मन्सूर लाई सम्मान पत्रले सम्मनित गरिएको छ ।
रेडियोको अध्यक्ष एवम प्रबन्ध निर्देशक नुर आलम बादसाह को अध्यक्षतामा भएको कार्यक्रममा काङ्ग्रेस बाराको जिल्ला सदस्य गुड्डु यादव,आदर्श कोत्वाल गाउपालिका ८ का अध्यक्ष हरिनारायण कुश्वहा,वडा नम्बर १ को अध्यक्ष सुनिल कुश्वाहा,विभिन्न जिल्लाका रेडियोका श्रोताहरु लगायतकाको उपस्थिति रहेको थियो ।
सुवर्ण गाउपालिकाको सहयोग रहेको कार्यक्रमको आयोजना रेडियो बादलले गरेको हो ।
सन्चारकर्मी धिरेन्द्र पनुहरले सन्चालन गरेको कार्यक्रममा स्वागत बादल एफएमका समाचार वाचक राजेन्द्र बिश्वकर्माले गरेका थिए ।