साजिर मन्सूर
कलैया,पुष २४

बाराको अग्रणी गैर सरकारी संस्था जनजागरण युवा क्लबले आफ्नो २५ औ बर्षगाठ धुमधामको साथ मनाएको छ । आफ्नो एतिहासिक स्थापना दिवसको अवसरमा संस्था ले आज बृहत रक्तदान कार्यक्रम सन्चालन गरेको छ । बारा सदरमुकाम कलैयाको भरत चौकमा सम्पन्न बृहत रक्तदान कार्यक्रममा १ जना तेस्रो लिङ्गी,३ महिला र ४९ जना पुरुष गरि जम्मा ५३ जनाले रक्तदान गरेका छन ।

संस्थाका अध्यक्ष एवम नेपाली काङ्ग्रेस बाराका सचिव युवा नेता भैयाराम यादवले कार्यक्रमको उदघाटन गरेका थिए । यादवले रक्तदानमा सहभागी हुन आएका समाजसेवि युवा नेजामुदिन अन्सारीलाई रगत लिने पोका हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको उदघाटन गरेका हुन । अध्यक्ष यादवले संस्थाले २५ बर्षे आफ्नो जिवनमा अनेक खालका समाजिक कार्य गरेको र त्यसलाई सम्झिदा आफुलाई गर्व लागेको बताएका छन । मानवताको लागि रक्तदान सब भन्दा उतम कार्य मध्ये भेकोले यो एतिहासिक समयमा यो कार्यक्रम गरिएको बताए ।

अध्यक्ष यादवले संस्थाको मुख्य उदेश्य नै अधिकारको प्रयोग, कर्तव्यको भावना, आपसी सम्मान र पारस्परिक सहअस्तित्वको माध्यमबाट सबै नागरिकलाई न्यायपूर्ण, शान्तिपूर्ण, समृद्ध र सम्मानजनक जीवन यापनको बाताबरण निर्माण गर्नु रहेको बताए । अध्यक्ष यादवले आज सम्मको यात्रा तय गर्नमा सहयोग पुर्याएको ज्ञात अज्ञात सबैमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा समेत सबैको सहयोग र माया स्नेहको लागि आग्रह गरेका छन ।

अध्यक्ष यादवले शान्ति, समृद्ध र न्यायपूर्ण नेपालका पक्षमा सरोकारवाला र कर्तव्य वाहकहरूलाई अधिकारकर्मीमा स्रोत, सीप र सूचना हस्तान्तरण मार्फत समाजको विकास र वृद्धि जनजागरणको चाहना भएको बताएका छन ।

अध्यक्ष यादवले जनजागरण युथ क्लब (JJYC) प्रदेश २ को मोरङ लगायतका सबै जिल्ला (पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सिराहा, सप्तरी र महोत्तरी) मा कार्यरत राष्ट्रिय स्तरको गैरसरकारी, गैरनाफामूलक, स्वतन्त्र संस्था रहेको बताएका छन ।

तराई/मधेश समुदायमा परिवर्तन ल्याउने जोशले प्रेरित तत्कालिन तेलकुवा गाविसका युवाहरूको एउटा समूहले सन् १९९८ मा गठन भएको जेजेवाईसीले दिगो जीविकोपार्जन, उद्यमशीलता र गरिबी निवारण, स्वास्थ्य खानेपानी सरसफाइमा काम गर्दै आएको संस्थाका कोषाध्यक्ष सियाराम प्रसाद यादवले जनाए ।

स्वच्छता, शान्ति प्रजातन्त्र र सुशासन, शिक्षा, महिला सशक्तिकरण र वकालत, विपद् जोखिम न्यूनीकरण र मानवीय सहयोग लिङ्ग र सामाजिक समावेशीकरण, जलवायु परिवर्तन ग्रहण, युवा सशक्तिकरण र सुरक्षित बसाई क्रस कटिङ मुद्दाहरू सहित प्रमुख रणनीतिक विषयको रूपमा, केही सूचीबद्ध गर्न तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूको आर्थिक सहयोगमा सामाजिक रूपमा वञ्चित र सीमान्तकृत समुदायहरूको दिगो सामाजिक-आर्थिक सशक्तिकरण र विकास हासिल गर्न संस्था निरन्तर अगाडी बढिरहेको संस्थाका उपाध्यक्ष राजदेव साहले जनाएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर