बारा( फागुन -६), श्री गढीमाई बहुमुखी क्याम्पसको जग्गा खरिदका लागि तीन जना जग्गा दाताले सात कठ्ठा दश धुर जग्गा दान र ६४ जनाले तुला दान गरेका छन ।
महागढीमाई नगरपालिका वडा नं १ अवस्थित रहेको श्री गढीमाई बहुमुखी क्याम्पसद्वारा आयोजना गरिएको श्री मद भागवत सप्ताह कथामा श्री गढीमाई बहुमुखी क्याम्पको जग्गा खरिदका लागि अहिले सम्म तीन जना जग्गा दाताले सात कठ्ठा दश धुर जग्गा दान गरेका छन महागढीमाई नगरपालिका वडा नं १ मा बस्ने जितेन्द्र गुप्ताको बुवा महालाल साह कानुले चार काठ दश धुर जग्गा दान गरेकोछ । महागढीमाई नगरपालिकाका वडा नं २ मा बस्ने महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको बुवा महेन्द्र यादवले दुई कठ्ठा जग्गा दान गरेका छन । त्यस्तै महागढीमाई नगरपालिकाका वडा नं ६ मा बस्ने दरोगा यादवले एक कठ्ठा जग्गा दान गरेको श्री गढीमाई बहुमुखी क्याम्पसका प्रधानाध्यापक धर्बेन्द्र यादवले बताएका छन ।
त्यस्तै श्री मद भागवत सप्ताह कथामा श्री गढीमाई बहुमुखी क्याम्पको जग्गा खरिदका लागि अहिले सम्म चौसट्ठी वीर दाताले आफ्नो शरीर बरोबरको पैसा दान गरेका छन।महागढीमाई नगरपालिका लगाएत अन्य पालिका र अन्य जिल्लाका वीर दाताले तुला दान गरेका छन । तुला दान गर्ने दातालाई माला, गामछा ,र फुल , रसिद , बहुमुखी क्याम्पसको प्रमाण पत्र र बाजागाजाका साथ नगरप्रमुख उपेन्द्र यादवले सम्मान गरेका छन।
नगरप्रमुखका यादवका अनुसार तुलादान बिहान ५ बजे देखि बेलुवा ९ बजे सम्म हुने गरेकोछ ।श्री गढीमाई बहुमुखी क्याम्पसको लागि दुई बिगाहा जग्गा खरिद र क्याम्पस निर्माणका लागि श्रीमद भगवत सप्ताहबाट करिब ५ करोड भन्दा बढी चन्दा संकलन गर्ने लक्ष्य रहेकोछ ।क्याम्पसको अभावमा बारा जिल्लाका बिद्यार्थीहरुले उच्च शिक्षाको लागि बिरगंज काठमाडौ , हेटौंडा जनकपुर र भारतको विभिन्न ठाउँमा जाने बाध्य रहेको समस्या बुझेर श्रीमद भगवत सप्ताह कथामा चान्दा दाताको दान गर्ने लर्को लागेको नगरप्रमुख उपेन्द्र यादवले बताए ।
तुला दान कार्यक्रममा वाचक महाराज उतम भट ,समाज सेबी श्री गढीमाई बहुमुखी क्याम्पस अध्यक्ष बिजय स्वर्णकार ,दिपप्रकाश गुप्ता , मोतिलाल कुशवाहा , कैलास मुखिया महतो , गणेश कुशवाहा , महेन्द्र यादव , बिजय साह, बिरेन्द्र चौरसीया , प्रेम साह कानु ,मनोज गुप्ता , गाजेन्द्र साह कलवार ,बिश्वनाथ कुशवाहा , महेश जयसवाल , मेला समिति सदस्य समाजसेबी , प्रहरी र पत्रकार समेतको उपस्थिति रहेको थियो ।