साजिर मन्सूर
कलैया,फाल्गुन २२
“लैङ्िगक समानताको बलियो आधार सिर्जनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार” भन्ने मुल नाराको साथ बारामा ११३ औ अन्तरास्ट्रिय महिला दिवस मनाईएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा कलैया उपमहानगरपालिका कलैयाको आयोजना तथा आसमान नेपाल,जेजेवाईसी,संरक्षण नेपाल,मान्डवी,महिला मानएअ अधिकार रछक संजाल,समानता अभियान नेपाल,महिला सन्जाल र साक्षर सामुदायिक सिकाई केन्द्रको सहयोगमा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको हो । दिवस फाल्गुन २४ गते परेपनी महान पर्व होलिको कारण आजै कार्यक्रम मनाईएको महिला सन्जाल बाराकी अध्यक्ष एवम महिला अधिकारकर्मी बबिता जयस्वालले जनाईन । जयस्वालले महिला उपर हुने कुनै पनि किसिमको हिंसा हामीले सहन्न्नसक्ने र त्यसलाई कानुन अनुसार कडा भनदा कडा कार्वाही गराउन पछि नपर्ने जनाईन । आउदै गरेको होलिको बहानामा महिला तल देखाउदै गाईने अस्लिल गित लाई बारा प्रहरीले कडाईका साथ रोक्नुपर्ने बताईन । सोही कार्यक्रममा महिला अधिकारकर्मी निभा सिंहले डिजे र अस्लिल गित बारा प्रशासनले रोके पनि कार्यान्वयन गराउन नसक्नु दुखद भएको बताईन । सिंहले महिलाको हरेक स्थानमा समान प्रतिनिधित्व हुनुपर्नेमा जोड दिईन । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा कलैयाको प्रमुख नेहा केशरीले फागु पुर्णिमाको ब्यस्त अवसरमा समेत सबैको उपस्थिति भएकोमा सबैलाई धन्यवाद दिईन । महिला अधिकारकर्मी सरस्वती खरेलले स्वागत गरेको कार्यक्रमको सन्चालन आसमान नेपालका सहजकर्ता त्रीलोकि मण्डलले गरेका थिए ।







