साजिर मन्सूर
कलैया,चैत्र २५
खेतान चिया उधोगको उत्कृष्ट उत्पादन मौसम गोल्ड चिया बिक्रि गर्ने बाराका होल सेल तथा खुद्रा बिक्रेताहरुलाई कम्पनिले बनभोज सहित गिफ्ट बितरण गरेको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडाको सहिद स्मार्कमा
आयोजित ब्यापारी भेटघाट एवम चिट्ठा कार्यक्रममा ब्यापारी हरुलाई सम्मान सहित चिठ्ठा मार्फत जितेकाहरुलाई विभिन्न आकर्षक समान दिइएको मौसम गोल्ड चियाका मार्केटिङ म्यानेजर ईश्वर दवाडिले जनाएका छन । मौसम गोल्डले देशमा रहेका अन्य चिया उधोग भन्दा गुणस्तरीय र मनमोहक स्वादमा उत्पादन भएर देशको कुनाकाप्चा सम्म पुगेर सबैको पहिलो रोजाई बन्न सफल भएको र यसलाई लाई अझ उपभोक्ता बर्गको माग र चाहना अनुरुप परिमार्जन हुँदै गएको दवाडीले बताएका छन ।
स्वस्थ र स्फुर्त जीवन यापन गर्नमा पनि बिहानिको मौसम गोल्ड चियाको चुस्किले दैनिक दिनचर्यालाई अझ उत्साह थपेको उपभोक्ताहरुको भनाईले आफुहरुको हौसला बढेको दवाडीले बताएका छन । दवाडीले सम्पुर्ण उपभोक्ता सङ्गै सबै होलसेल तथा खुद्रा ब्यापारी हरुलाई समेत सहज र सरल तरिकाले जनता माझ मौसम गोल्ड चियाको पहुच पुर्याएकोमा धन्यबाद समेत ब्यक्त गरे ।
सोही अवसरमा मौसम गोल्ड चियाको आधिकारिक बिक्रेता कलैयाको अम्बे किराना भण्डारका सन्चालक लक्षमण रौनियारले ग्राहकको चाहना र अपेक्षा अनुरुप खेतान चिया उधोगले प्याकेजिङ्ग र मनमोहक स्वादमा चिया उत्पादन गर्ने गरेकोले सबैको रोजाई मौसम गोल्ड चिया नै बनेको बताए । रौनियारले कम्पनिले ग्राहक को रोजाई को ख्याल गरे सङ्गै सबै प्यापारी बर्गको लागि समेत प्रत्येक बर्ष भेटघाट एवम पुरस्कार को लागि चिट्ठा समेत खोल्ने कार्यक्रम गर्ने गरेकोले सबै ब्यापारी समेत यस्को प्रसंसक भएर बिक्रि गर्ने गरेको बताए ।
कम्पनीको राम्रो ब्यवस्थापन पछले पनि मौसम गोल्डले जन जनको बिश्वास जित्न सफल भएको रौनियारले बताए ।
कम्पनिले प्रत्येक बर्ष मौसम गोल्ड चिया बढी बिक्रि गर्ने ब्यापारिहरुका लागि चिट्ठा योजना गर्दै आएको र चिट्ठामा एलसिडी,कुकर,हिटर,कुलर,थर्मस,आईरन लगायताका उपहार बितरण गरिएको रौनियारले बताए ।
चिट्ठा मार्फत १ जनाले प्रथम पुरस्कार बापत ३०” को स्मार्ट टिभी,द्वितीय पुरस्कार एक जनाले १८० लिटरको फ्रीज,तेश्रो पुरस्कार बापत एक जनाले १२ लिटरको कुलर प्राप्त गरेको कम्पनीका एरिया सेल्स म्यानेजर जनक लाल खडकाले बताए । त्यस्तै चौथो पुरस्कार बापत एक जनाले लेडिज साईकल,पाचौं पुरस्कार बापत ५ जनाले १.८ लिटरको राईअस कुकर,छैटौं पुरस्कार बापत १० जनालाई ३ लिटरको प्रेसर कुकर,सातौ पुरस्कार बापत ५ जनाले सिलिङ्ग पंखा,आठौं पुरस्कारम ३० जनाले आयरन,नवौं पुरस्कारमा ३० जनाले २ लिटरको पानी तताउने जग र दशौ पुरस्कार ४० जनालाई १ लिटरको थर्मस दिइएको खड्काले जानकारी गराएका छन ।
मार्केटिङ म्यानजर दवाडिले नया बर्ष २०८० को अवसरमा शुभकामना दिदै बम्पर उपहार योजनाको घोषणा गरेका छन । यस अन्तरगत बैषाख ३० गते सम्म २१ झोला मौसम गोल्ड चिया खरिद गर्ने लाई २५ लिटरको कुलर,११ झोला किन्नेलाई १ वटा ईन्डक्सन चुला र ६ झोला किन्नेलाई एउटा सिलिङ्ग पंखा हातको हात दिने घोषणा गरेका छन ।
सो अवसरमा बाराका करिब एक सय किराना ब्यापारीहरुको उपस्थिति रहेको थियो।
उक्त अवसरमा कम्पनिका बजार एरिया सेल्स म्यानेजर उमानाथ घिमिरे,एरिया सेल्स अफिसर अशोक साह,मोहन घिमिरे,भुपेश घिमिरे र किराना ब्यवसायी संघ कलैयाका अध्यक्ष पप्पु गुप्ता लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सन्चारकर्मी साजिर मन्सूरले गरेका थिए ।