साजिर मन्सूर
कलैया,बैशाख ३०
कलैयामा छात्राहरुका लागि अङ्ग्रेजी स्पोकेन तथा मेहन्दी तालिमको एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । बाल एकता ईङ्गलिश बोर्डिङ एवम प्लस टु कलेज को सभा हलमा तालिमको उदघाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि सम्बिधान सभा सदस्य डा. शोभाकर पराजुलि एवम प्रमुख कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले तालिमको सन्युक्त रुपमा उदघाटन गरेका हुन ।
प्रमुख अतिथि शोभाकर पराजुलीले सफल हुन एक जना महिला हुन जरुरी रहेको बताए । सन्सारमा प्रतिस्पर्धा गर्नका लागि अङ्ग्रेजी भाषा सहयोगि हुने गरेको बताए । अङ्ग्रेजी भाषा सिक्नु भनेको पासपोर्ट पाउनु जस्तै हो यो कसैको आफ्नो सम्पत्ति हैन अन्तरास्ट्रिय भाषा हो यसमा सबैको समान अधिकार रहेको डा. पराजुलीले बताए ।
७/७ दिनको अङ्ग्रेजी स्पोकेन र मेहदी तालिम सन्चालन हुने आयोजक संस्थाका पवन अग्रवालले जनाए । तालिममा अङ्ग्रेजी बोल्न सिकाउनका लागि बिजेता श्रीवास्तव र मेहन्दी तालिम सिकाउन प्रीती अग्रवालले सहजीकरण गर्ने आयोजकले जनाएको छ ।
अङ्ग्रेजी भनेको एक प्रकारको छमता हो अङ्ग्रेजी सिक्नु भनेको अन्तरास्ट्रिय नागरिकता प्राप्त गर्नु जस्तै भएको नेपाल शिक्षक महासंघ बाराका पुर्व अध्यक्ष नरेन्द्र गिरिले बताए । गिरिले फुलको बास्ना वरिपरि तर मान्छेको वास्ना डाडापारी जाने गरेको भन्दै आफ्नो कर्ममा निस्वार्थ लाग्नुपर्ने बताए ।
कार्यक्रममा उपस्थित सबैले समाजमा बज्ने गरेको अस्लिल गित र डिजे बन्द हुनुपर्नेमा जोड दिएका छन ।
सोसल सर्भीस कमिटी कलैया बाराको अध्यक्ष किसमती देबि रामको अध्यक्षता एवम सम्बिधान सभा सदस्य डा. शोभाकर पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह, नेपाल भारत मैत्री संघ का केन्द्रिय सदस्य अनवर आलम, रत्नेश श्रीवास्तव,देबेन्द्र गिरि,बिजेता श्रीवास्तव,प्रीती अग्रवाल,तेजिलाल साह,बाल एकता प्लस टु कलेजका सन्चालक सुमोध सरार्फ,मनोकामना कलेजका रामबाबु कुश्वाहा,दिपक कुश्वाहा,बिन्देश्वरी बर्मा,तृप्ती अग्रवाल,अरबिन्द चौधरी,नरेन्द्र निधि,दुर्गा सुवेदी,बिबेक चन्द्र लाल कर्ण लगायतकाको उपस्थिति रहेको थियो ।
सोसल सर्भिस कमिटी कलैया बाराको आयोजनामा भएको तालिममा आर्थिक सहयोग कलैया उपमहानगरपालिकाले गरेको हो ।
पवन अग्रवालले स्वागत गरेको कार्यक्रमको सन्चालन किशोरी रामले गरेका थिए ।







