साजिर मन्सूर
कलैया,२०८० जेष्ठ २

“नेपालमा दलित दलित तथा सिमान्तकृत महिलाको अधिकार सुदृढीकरण परियोजना” अन्तरगत कलैया उपमहानगरपालिकामा निर्वाचित दलित तथा सिमान्तकृत महिला जनप्रतिनिधिहरुलाई वकालत नेतृत्व बिकास सम्वन्धी २ दिने तालिम सम्पन्न भएको छ । कलैया स्थित दास गेस्ट हाउसमा सम्पन्न तालिममा कलैया उपमहानगरपालिका र प्रसौनी गाउपालिकाका निर्वाचित ३० जना दलित महिला जनप्रतिनिधि र ५ जना महिला अधिकारकर्मी गरि ३५ जनाको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष किसमती रामले जनाईन । अध्यक्ष रामले परियोजना लागु रहेको कलैयाको २७ र प्रसौनिको ७ वडा गरि ३४ वडाका दलित महिला जनप्रतिनिधिको नेतृत्व बिकास सङ्गै सो वडाका सबै दलित सिमान्तकृत बर्गको आर्थिक स्तर उकास्नु रहेको बताएकी छन । अध्यक्ष रामले दलित महिला संघ बाराले जिल्लाको हरेक दलित समुदायलाई उकास्ने कार्य गर्दै आएको र समय समयमा यसका लागि जनचेतनामूलक कार्यक्रम सन्चालन गर्दै आएको बताएकी छ्न ।अध्यक्ष रामले सबै दलित महिला जनप्रतिनिधि ईमान्दार भएर छणिक स्वार्थमा नलागेर समग्र दलितको भविस्यका लागि योजना बनाउनमा जोड दिन आग्रह गरिन । रामले बजेट निर्माण प्रक्रियामा दलित जनप्रतिनिधिहरुले महत्वपुर्ण भुमिका खेल्नुपर्ने आवस्यकता रहेको बताईन । दलितका लागि बजेट राख्न नखोज्दा जनप्रतिनिधिले त्यसको बिरोध गर्नुपर्ने बताईन ।
तालिममा सम्बोधन गर्दै महिला अधिकारकर्मी महिला सन्जाल बाराकी अध्यक्ष बबिता जयस्वालले दलित महिला होस वा अन्य महिला जनप्रतिनिधिहरुलाई केवल हस्ताक्षर गराउनमा प्रयोग गर्ने गरेको बताउदै यस्को सबैले बिरोध गर्नुपर्ने बताईन । अधिकारकर्मी जयस्वालले अधिकार केवल कागजमा मात्र नदिएर ब्यवहारमा पनि अधिकारको प्रयोग गर्नुपर्नेमा जोड दिइन । कुनै पनि महिलालाई कुनै किसिमको अधिकार प्राप्तिका लागि आवस्यक सहयोग गर्न आफुहरु चौबिसै घन्टा तयार रहेको बताईन । जयस्वालले तालिम आयोजना गरेको दलित महिला संघ बाराकि अध्यक्ष किस्मती रामलाई धन्यवाद दिइन ।
२ दिने तालिमको सहजीकरण महेश बिश्वकर्माले गरेका थिए ।
परियोजना कलैया उपमहानगरपालिका र प्रसौनी गाउपालिकामा सन्चालनमा रहेको परियोजना का जिल्ला सम्योजक लालबाबु मन्डलले जनाएका छन । परियोजनाको मुख्य उदेश्य दलित तथा सिमान्तकृत महिलाहरुको मानव अधिकार सुदृढीकरण गर्नु रहेको परियोजना सम्योजक मन्डलले जनाएका छन ।
केआईओएस फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न तालिमको आयोजना दलित महिला संघ बाराले गरेको तालिम ब्यवस्थापक जयप्रकाश रामले जनाएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर