साजिर मन्सूर
कलैया,जेष्ठ १३
कलैया उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको श्री नेरा आधारभुत बिधालय शितलपुर को रिक्त शिक्षकको पदपूर्ति गर्न सन्चालन गरिएको परिक्षा सरोकारवाला सङ्गै नगर प्रमुख बिनोद साहको प्रत्यक्ष निगरानिमा गराईएको छ । प्राबी तहको राहत दरबन्दीका लागि बिज्ञापन गरिएकोमा ४२ जनाले फर्म भरेका थिए । फर्म भरेका मध्ये ३९ जना परिक्षामा सहभागी भएको प्रमुख प्रशासकिय अधिकृत उप सचिव नाथु साहले जनाए । कलैया उपमहानगरपालिका कै सभाहलमा सिसि टिभी क्यामेराको प्रत्यक्ष निगरानिमा परिक्षा सम्पन्न भएको साहले जनाएका छन । मेयर साहले सबै खालको परिक्षा पुर्ण पारदर्शी एवम स्वच्छतापूर्वक होस भनेर आफैले सरोकारवाला सङ्गको रोहबरमा प्रत्यक्ष निगरानिमा गराएको बताएका छन ।
मेयर साहले कलैया उपमहानगरपालिका भित्र कर्मचारी भर्ना गर्दा यहाको नराखेर लोक सेवामा बैकल्पिकमा परेकालाई सिधै नियुक्ति दिने गरिएकोमा आफुले त्यस्तो नगर्ने र यहिका युवाहरुलाई दर्खास्त आह्वान गरि काम दिने योजना गरेको बताएका छन ।
मेयर साहले परिक्षा गराउन पुर्ण रुपले शिक्षक सेवा आयोग जस्तै प्रक्रिया पुर्याएर परिक्षा सन्चालन गराएको बिषय विशेषज्ञ भुनेस्वर प्रसाद यादवले जानकारी गराएका छन । बिशेषज्ञ यादवले परिक्षामा सामेल भएकाको आजै कपि जाँच गरि लिखितको नतिजा निकाल्ने कार्यतालिका रहेको जनाए ।
यता कलैया उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महासाखा प्रमुख उप सचिव प्रल्हाद प्रसाद बर्णवालले लिखितमा नाम निस्केकाको दोश्रो पत्रको परिक्षा जेष्ठ १४ गते आईतबार गर्ने र त्यसबाट समेत नाम निस्केकाको अन्तर्वार्ता गरिने कार्यतालिका रहेको बताएका छन । कलैया उपमहानगपालिकाको शिक्षा समिती सदस्य महमद सगिरले परिक्षा एकदमै स्वच्छतापूर्वक र सबैको प्रत्यक्ष निगरानिमा गराईएको बताउदै यश खालका परिक्षा बाट निस्केका दक्ष उम्मेदवारले बिधालयमा एकदमै राम्रो सङ्ग अध्ययन गराउने आफुले बिश्वास लिएको बताएका छन ।
बारामा प्राबी तह तर्फ राहत दरबन्दी ५१६ रहेको नेपाल शिक्षक संघ बाराका अध्यक्ष एवम श्री नेरा आ.बि. शितलपुरका प्रधानाध्यापक राजकिशोर सहनीले बताए । परिक्षा सन्चालन गर्न आवस्यक बिषय बिज्ञलाई छनौट गर्न गोला प्रथा बाट नाम निकालिएको शिक्षा अधिकृत बिजय अधिकारीले जानकारी गराएका छन । उपमहानगरपालिकामा सुचिकृत १६ जना बिषय बिज्ञ मध्ये १३ जना कायम गरिएको र सो मध्ये आज बिधालय ब्यवस्थापन समितिका अध्यक्ष बिश्वनाथ प्रसाद यादवले गोला प्रथाबाट नाम निकाल्दा भुनेस्वर प्रसाद यादव र सन्जय प्रसाद यादवको नाम आएको थियो ।







