साजिर मन्सूर
कलैया,जेष्ठ १३

बारा सदरमुकाम कलैया स्थित करण राज पार्टी प्यालेसमा आज भएको नेपाल मुस्लिम संघ बाराको अधिवेशन बाट चर्चित समाजसेवी हाजी अब्दुल रहमान अध्यक्षमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन । समितीको उपाध्यक्षमा महमद समि अख्तर अन्सारी,सचिवमा महमद सलिम अन्सारी, सह सचिवमा नेजामुदिन अन्सारी,कोषाध्यक्षमा नाजिर हवारी,सह कोषाध्यक्षमा महमद फिरोज आलम अन्सारी,सदस्यहरुमा मुख्तार अन्सारी,मोजिबुल्लाह खान,शेर महमद अन्सारी,समसाद मन्सूर,कलाम हुसैन,सुल्तान अन्सारी,हुस्नैन मिया ठकुराई,अनिशुल्लाह सिद्दिकी र जमिला खातुन सर्वसम्मत चयन भएको अधिवेशन केन्द्रिय प्रतिनिधि एवम नेपाल मुस्लिम संघ का केन्द्रिय सचिव प्रबेज आलम अन्सारीले जनाएका छन । यस्तै अधिवेशनले बाराको चार वटै निर्वाचन छेत्रको छेत्रीय सभापती समेत चयन गरेको केन्द्रिय प्रतिनिधिले जनाए । बारा निर्वाचन छेत्र नम्बर १ को सभापतिमा अजिम अन्सारी,२ मा आफताब आलम,३ मा नुरहसन मन्सूर र ४ मा मुग्ले आजम मन्सूर सर्वसम्मत चुनिएका छन।
यस अघि सभापति फुलमहमद मन्सूरको अध्यक्षतामा आयोजित अधिवेशनको प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सह महामन्त्री फरमुल्लाह मन्सूरको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार