साजिर मन्सूर
कलैया,जेष्ठ १७
बारा सदरमुकाम कलैया स्थित सिदेस्वर खेल परिसरमा कलैया सिटि जेसिजको आयोजनामा नेशनल ईन्फोटेक ईन्टर स्कुल जेसिज टि २० क्रीकेट प्रतियोगिता २०८० आजबाट शुरु भएको छ । कलैया सिटि जेसिजले हरेक बर्ष जिल्लाका माबी का बिद्यार्थीहरुलाई सहभागी गराएर क्रीकेट प्रतियोगिता सन्चालन गराउदै आएको कलैया सिटि जेसिजका पुर्व अध्यक्ष धनिलाल सरार्फले जानकारी गराएका छन । प्रतियोगितामा कलैयाका १२ वटा निजि बिधालयको सहभागीता रहेको सरार्फले जनाएका छन । युवा क्रीकेट खेलाडीहरुको प्रतिभा लाई बाहिर ल्याउन सकुन भनेर आफुहरुले यो प्रतियोगिता आफू अध्यक्ष रहेको २०१८ साल देखि नियमित रुपमा सन्चालन गर्दै आएको सरार्फले बताए ।
जेसिज कलैयाका बर्तमान अध्यक्ष सुबाष जयस्वालले आगामी दिनमा अझ यस्ता यस्ता अन्य खेलकुद गराउने प्रतिबद्धता जनाउदै समाजमा युवाहरू कुलतमा फस्दै गएकाले उनीहरुको लागि विभिन्न जनचेतनामुलक कार्यक्रम गराउने भने ।
कलैया सिटि जेसिजका अध्यक्ष सुबाष जयस्वालको अध्यक्षता एवम नेपाल क्रीकेट संघका रास्ट्रीय कोषाध्यक्ष रोशन सिंहको प्रमुख आतिथ्यमा भएको उदघाटन समारोहमा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह, कलैया उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष राजेश मन्डल,नेशनल ईन्फोटेक कलेजका मनिश सिंह,बारा क्रीकेट संघ का अध्यक्ष प्रभात चौरसिया,कलैया क्रीकेट क्लबका अध्यक्ष तसिरुद्दिन मन्सूर,कलैया क्रीकेट क्लबका सचिव जट्टाशन्कर सरार्फ,मनकामना कलेजका सन्चालक रामबाबु कुश्वाहा,बिरगंज जेसिजका अध्यक्ष अरबिन्द श्रेष्ठ,जेसिजका सिनेटर निशान्त लामिछने,जेसिजका पुर्व अध्यक्षहरु,शम्भु गुप्ता,राजेश कुश्वाहा,रामबाबु कुश्वाहा,सन्दिप बरै,सहभागी बिधालयका प्रतिनिधिहरु,प्रबिन सिग्देल,खेल प्रेमी तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कलैया सिटि जेसिजको आयोजनामा भैरहेको प्रतियोगिता सफल एवम सम्पन्न गराउन बारा क्रीकेट संघ,कलैया क्रीकेट क्लबले सहकार्य गरेको हो भने प्रायोजन नेशनल ईन्फोटेक कलेजले गरेको कलैया सिटि जेसिजका महासचिव आदिल अन्सारीले जनाएका छन ।
आजको उदघाटन खेल कलैया ब्राईट ल्याण्ड र ईन्टरनेशनल सिम्बायोसिस सेकेन्डरी स्कुलका बिच भैरहेको आयोजकले जनाएको छ । आजै हुने दोश्रो खेल गत बर्षको बिजेता ग्यालेक्सी र गढिमाई बोर्डिङ का बिच दिउँसो १ बजे देखि हुने आयोजकले जानकारी गराएको हो । प्रतियोगिताको बिजेताले ट्रफी प्रमाणपत्र पाउने र राम्रो चयन हुने खेलाडीलाई अन्डर १६ का लागि चयन प्रक्रियामा सम्मिलित गरिने आयोजकले जनाएको छ ।फ
सन्चालन पन्कज पाण्डेले गरेका थिए भने स्वागत नेपाल जेसिज एरिया बि कोर्डिनेटर पुर्व अध्यक्ष बिपिन चौधरीले गरेका थिए ।