साजिर मन्सूर
कलैया,असार २
बारा सदरमुकाम कलैयामा नेपाल ब्युटिसियन संघ बाराले एक दिने सेमिनार सम्पन्न गरेको छ । सेमिनारमा हेयर स्मुथिङ्ग,हेयर केराटिन,एडभान्स हेयर कट,एसियन ब्राईडल मेकअप,नेल एक्स्टेन्सन,मेकअप र मेहन्दी लगायतका कुरा सिकाईएको नेपाल ब्युटिसियन संघ बाराकी अध्यक्ष शोभा सरार्फले बताईन । सो अवसरमा बाराका विभिन्न पालिकाका गरि १२० जना ब्युटिसियनहरुको उपस्थिति रहेको अध्यक्ष सरार्फले जनाईन । अध्यक्ष सरार्फले आगामी दिनमा अझ यस्ता कार्यक्रमलाई निरन्तरता दिदै विभिन्न पालिका सम्म पुर्याउने बताईन ।

सेमिनारको समापन कार्यक्रमको प्रमुख अतिथि पुर्व मन्त्री काङ्ग्रेस नेतृ कलावती पास्वानले सबैले सम्मानका साथ देखिने पेशा भएकोले यसको छेत्र अझ बिस्तार गर्नुपर्ने बताईन । पास्वानले आजको समयमा धेरै जना छोरिहरुको सुन्दर छैन भनेर बिवाह समेत नभएको बेला ब्युटिसियनहरुले अलिकति श्रृङ्गार गरिदिदा त्यस्ताको बिहाबारी भएको देखेर सारा समाज तपाईहरुको रिणि रहेको बताएकी छन । स्थानिय तहहरुले पनि ब्युटिसियनको लागि आवस्यक बजेट छुट्याउन आग्रह गरिन ।
यस्तै कर कार्यालय कलैयाको प्रमुख भविस्वर पोखरेलले करको दायरा र सेवाका बारेमा जानकारी गराउदै आवस्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

कार्यक्रमको सन्चालन नेहा गिरिले गरेकी थिइन ।







