
साजिर मन्सूर
कलैया,असार ६
बारा सदरमुकाम कलैयामा नगर परिक्रमा गरि ९ औ अन्तरास्ट्रिय योग दिवस मनाईएको छ । प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय कलैया बाराले आयोजना गरेको प्रभात फेरि पछि एभरेस्ट लज कलैयाको सभा हलमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले योग स्वस्थ जिवनको पर्याय भएको बताउदै स्वस्थ जीवन यापनका लागि सबैले दैनिक शारिरिक अभ्यास गर्नुपर्ने बताए । प्रजिअ सापकोटाले देशको सबै नागरिक स्वस्थ भए मात्र देश स्वस्थ हुने बताए । हामिले योगलाई नबुझेर पनि यसको फाईदाबाट बन्चित हुन पुगेको बताए । हामी सबै पहिला स्वस्थ बन्ने त्यसपछि ब्यस्त बन्ने अनि मस्त बन्ने हो भने जीवन सहज रुपमा बिना रोग बाच्ने तथा समाजका लागि समेत उल्लेखनीय कार्य गर्न सकिने प्रजिअ सापकोटाले बताए ।
प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय कलैया बाराको प्रमुख डा. पुनिता केशरिले हामी सबै स्वस्थ जिवनको लागि योग गर्नै पर्ने भएकोले यसको फाईदाका बारेमा बुझ्न जरुरी रहेको बताईन ।
उक्त अवसरमा योगाभ्यास, प्रभात फेरि, मन्तब्य सहित कार्यक्रम समापन गरिएको थियो ।
उक्त अवसरमा बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटी,विभिन्न कार्यालयका प्रतिनिधी,श्री नेरा माबी मदर्शाका बिद्यार्थीहरु लगायत सर्वसाधारण तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । सो अवसरमा बैध निरीक्षक राज सुन्दर साहले सबैलाई योगाभ्यास गराएका थिए ।
कोण सभाको सन्चालन बरिस्ठ कबिराज निरीक्षक सहदेव पन्डितले गरेका थिए ।