
साजिर मन्सूर
कलैया,असार ९
फेटा गाउपालिकाको १२ गाउँ सभा सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष रुस्तम अन्सारीले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन । गाउँ सभाले आव २०८०/०८१ का लागि ३५ करोड ६३ लाख ६२ हजारको बजेट प्रस्तुत गरेको हो ।
गाउपालिका अध्यक्ष अन्सारीले गाउपालिकालाई आवस्यक हरेक किसिमको गौरबको योजनालाई प्राथमिकतामा राखेको बताएका छन । अन्सारीले बस्ती स्तरको योजनालाई आफुले पहिलो प्राथमिकता दिएको बताएका छन । अन्सारीले शिक्षा स्वास्थ्य खानेपानी मा मुख्य रुपमा ध्यान पुर्याईएको बताए ।
गाउपालिका अध्यक्ष रुस्तम अन्सारीको अध्यक्षतामा सम्पन्न गाउ सभामा गाउपालिका उपाध्यक्ष निलम साह,सातै वडाका वडा अध्यक्षहरु क्रमशः बिगन दास तत्मा,नरेश प्रसाद, प्रह्लाद प्रसाद साह,वकिल प्रसाद यादव अहिर,अयुब मिया अन्सारी,अमिर हम्जा ठकुराई,पप्पु सिंह,कार्यपालिका सदस्यहरु उपेन्द्र साह,मदन साह कानु,सङिता देबि,रिना देबि,सुनैना देबि,उर्मिला देबि कोईरिन, गाउ सभा सदस्यहरु,
सम्पुर्ण शाखा प्रमुखहरु,सन्चारकर्मी एवम पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
गाउपालिकाका उपाध्यक्ष साहले गाउपालिकाको महिलाहरूको लागि रोजगार मुलक कार्यक्रम तथा महिला स्वास्थका लागि बिशेष कार्यक्रम छुट्याएको बताएकी छन ।
कार्यपालिका सदस्य मदन प्रसाद साहले स्वागत गरेको कार्यक्रमको सन्चालन प्रशासन शाखाका अधिकृत सुनिल कुमार साहले गरेका थिए ।
स्वागत गर्दै मदन साहले गाउपालिकाको उन्नति र प्रगतिका लागि आफुहरु एक जुट रहेको बताए । साहले आफुहरु बिच स साना कमि कमजोरी रहेको छ त्यसलाई मिलेर पहिचान गर्दै समाधान गरेर नमुना गाउपालिका बनाउने बताए । ईमान्दार भएर गाउपालिका को चौतर्फि बिकासका लागि अगाडी बढ्ने बताए ।
गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत गौरीशंकर प्रसाद सिंहले सुभकामना मन्तव्य राख्दै
गाउपालिका अध्यक्ष अन्सारीले उत्कृष्ट कर्मचारीहरुलाई उनिहरुलाई फुल माला दोसल्ला सहित पाँच हजार नगदले पनि सम्मानित गरेका छन । कार्यालय सहयोगीहरु जफिर आलम र उपेन्द्र पटेललाई गाउपालिका अध्यक्ष अन्सारीले सम्मानित गरेका छन ।