बिश्वास सम्बादाता
बारागढी,असार १०

बारागढी गाउपालिकाको गाउँ सभा सम्पन्न भएको छ ।गाउपालिका अध्यक्ष अशोक कुमार जयसवालको अध्यक्षतामा उपाध्यक्ष लक्ष्मी देबी रायलको निर्देशनमा वडा नं ३ का वाड अध्यक्ष उमेश प्रसाद साहले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए। गाउँ सभामा आव २०८०/०८१ का लागि ३८ करोड ३८ लाख ८५ हजारको २ सय रुपैयाँको बजेट प्रस्तुत गरिएको हो ।

बारागढी गाउपालिकाको अध्यक्ष जयसवालले गाउँ सभा कार्यक्रमलाई सम्बोधन गर्दै बिकासको लागि आवस्यक हरेक किसिमको गौरबको योजनालाई प्राथमिकतामा राखेको बताएका छन । बारागढी गाउँपालिकाको स्तर उन्नतिको लागि आव आर्थिक बर्षमा बाटोघाटो सडक ढलान नाला निर्माणको कामलाई प्राथमिकतामा राखेको बताए ।गाउँपालिका अन्तरगत रहेका बिधालयहरुको भवन जीर्ण अवस्थामा परेका भवनलाई नयाँ भवन र कम्पाउन्ड निर्माण गरिने समेत बताए । बस्ती स्तरको बजेट लाई मुख्य प्राथमिकता दिदै शिक्षा क्षेत्रमा बिधालयमा शिक्षक र क्रमचारीको अभावमा पठन पाठन प्रभावित बनेका बिधालयमा नयाँ शिक्षक र क्रमचारीको भर्ना गरेर गाउँपालिकाको पठन पाठनलाई प्रभावकारी बनाउने योजना रहेको अध्यक्ष जयस्वालले जनाए । गाउँकालिकामा १५ सयौंको बर्थिङ्ग सेन्टर गाउँपालिका कार्यालय अगाडि २ तले भवन निर्माण गरेर बथिङ्ग सेन्टर संचालनमाआएको बताए । बर्थिङ्ग सेन्टरमा चौबिसै घन्टा इमर्जेन्सी सेवा उपलब्ध रहेको समेत बताए ।

बर्थिङ्ग सेन्टरमा चेक जांच गरिएका बिरामीहरुलाई निशुल्क रुपमा औषधि उपलब्ध र गर्भवती महिलाको लागि पोष्टिक अहार गाउँपालिकाले बितरण गर्दै आएको र यस आर्थिक बर्षमा पनि प्राथमिकतामा राखिएको बताए । कृषि क्षेत्रमा हरेक बर्ष जस्तै किसानहरुलाई बिधुत मिटर , खादमल , र ब्यवस्था गर्ने योजना रहेको जनाएका छन । ।

रोजगारीको लागि विभिन्न किसिमको तालिम हाउस वारिङ्ग , महिलाहरुको लागि सिलाई कटाई , डल बनाउने तालिम , सर्फ र साबुन बनाउने तालिम संचालन गरेर बेरोजगार महिला र बेरोजगार यूवालाई रोजगार बनाउने गाउँपालिकाको निति रहेको उल्लेख गरे ।

गाउँ सभा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमलेश मिश्राले गाउँ सभाले पारित गरेको नीति कार्यक्रम लाई सफल बनाउन युद्द स्तरमा सम्पन्न गराउन आवस्यक कदम चाल्ने बताउदै कर्मचारीहरुको मनोबल उच्च राख्ने गरि योजनाका साथ काम गर्ने बताए । मिश्रले गुणस्तरीय र गुणात्मक काममा कोहि कसै सङ्ग सम्झौता नहुने बताएका छन ।
सो अवसरमा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,गाउँ सभा सदस्यहरु,लेखा शाखा अधिकृत अजय चौधरी , खानेपानी शाखाका उपेन्द्र साह , महेश ठाकुर, प्रहरी प्रशासन र क्रमचारी लगाए संचारकर्मीको उपस्थित रहेको थियो ।
कार्यक्रमको संचालन जनमति चौधरीले गरेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर