
साजिर मन्सूर
कलैया,२०८० असार १२
“नेपालमा दलित तथा सिमान्तकृत महिला सदस्यहरूको अधिकार सुदृढीकरण परियोजना” अन्तरगत कलैया उपमहानगरपालिकामा निर्वाचित दलित तथा सिमान्तकृत महिला जनप्रतिनिधिहरुको भुमिका र जिम्मेवारी बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
अभिमुखिकरणमा जनप्रतिनिधिहरुको काम कर्तब्त र अधिकारको बारेमा विशेष छलफल गरिएको आयोजक संस्थाका अध्यक्ष किसमती रामले जनाईन ।
कलैया स्थित दास गेस्ट हाउसमा सम्पन्न अभिमुखिकरणमा कलैया उपमहानगरपालिका र प्रसौनी गाउपालिकाका निर्वाचित ३० जना दलित महिला जनप्रतिनिधि र १० जना महिला अधिकारकर्मी गरि ४० जनाको सहभागिता रहेकोअध्यक्ष रामले जनाईन । अध्यक्ष रामले परियोजना लागु रहेको कलैयाको २७ र प्रसौनिको ७ वडा गरि ३४ वडाका दलित महिला जनप्रतिनिधिको नेतृत्व बिकास सङ्गै सो वडाका सबै दलित सिमान्तकृत बर्गको आर्थिक स्तर उकास्नु रहेको बताएकी छन। अध्यक्ष रामले उदघाटन शत्रमा बोल्दै दलित महिला संघ बाराले जिल्लाको हरेक दलित समुदायलाई उकास्ने कार्य गर्दै आएको र समय समयमा यसका लागि जनचेतनामूलक कार्यक्रम सन्चालन गर्दै आएको बताएकी छ्न ।
अभिमुखिकरणको सहजीकरण दलित अगुवा किशोरीलाल रामले गरेका थिए । सहजकर्ता रामले सो अवसरमा नेपालको सम्बिधान २०७२,स्थानिय सरकार सन्चालन एन २०७४,स्थानीय निकाय सन्चालन कार्यबिधी,स्थानिय थ सन्चालन नियमावली लगायतका बिषयमा सहभागिहरुलाई जानकारी गराएका छन । अहिले सम्मका अनुभवलाई पनि साटासाट गरि खास गरि उनिहरुको बुझाई र कानुन ले दिएको जिम्मेवारी का बिषयमा चर्चा गरिएको हो परियोजनाका जिल्ला सम्योजक लालबाबु मन्डलले जनाएका छन । परियोजनाको मुख्य उदेश्य दलित तथा सिमान्तकृत महिलाहरुको मानव अधिकार सुदृढीकरण गर्नु रहेको परियोजना सम्योजक मन्डलले जनाएका छन ।
केआईओएस फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न तालिमको आयोजना दलित महिला संघ बाराले गरेको तालिम ब्यवस्थापक जयप्रकाश रामले जानकारी गराएका छन ।