साजिर मन्सूर
कलैया, असार २८

नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.(गोल्छा ग्रुप) ले नयाँ पल्सर NS 200 र NS 160 असार २० मा सार्वजनिक गरे पछि आज बजाजको लागि बारा सदरमुकाम कलैयाको आधिकारिक बिक्रेता गुप्ता मोटर्सले समेत यो मोटरसाइकल को सेवा दिन शुरु गरेको छ । यी दुवै अत्याधुनिक मोडलहरूले नेपाली राइडरहरूको बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने कम्पनीले विश्वास लिएको छ । गुप्ता मोटर्स कलैयाका सन्चालक रितेश गुप्ताका अनुसार “हाम्रा दुई नयाँ बाइकहरू पल्सर NS 200 र पल्सर NS 160 बजारमा ल्याउन पाउँदा हामी एकदमै उत्साहित छौँ । नयाँँ नयाँँ बिशेषता सहितको अत्याधुनिक बाइकहरु ल्याएर हाम्रा राइडरहरु को राइडिङ अनुभव लाई निरन्तर परिष्कृत गर्दै लैजाने हाम्रो प्रतिबद्धता रहेकोमा बजाजका यी नयाँँ बाइकहरुले पनि सधैंँ झैँ नेपाली राइडरहरुको विश्वास जित्नेछन भन्ने विश्वास हामीले लिएका छौँ ।″भन्नुभयो ।

पल्सर NS 200
नयाँ पल्सर NS 200 USD एक यस्तो दुई–पाङ्ग्रे सवारी साधन हो, जुन सडकमा हावी हुने र सवारी गर्ने तपाईंको जोशलाई जगाउन डिजाइन गरिएको हो । यस पल्सर NS 200 मा १९९.५ सीसी को लिक्विड कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको अत्याधुनिक BSVI इन्जिन रहेको छ । यस मोटरबाइकले ९७५० आरपिएम मा २४.५ पिएस को पावर आउटपुट र ८००० आरपिएम मा १८.७४ एनएमको टर्क प्रदान गर्दै यो पावरहाउसले रोमाञ्चक एस्क्सिलरेसन र उत्साहजनक पर्फर्मेन्स प्रदान गर्दछ ।
पल्सर NS 200 USD ले आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमतालाई एकसाथ ल्याएको छ जसले सडकमा सबैको ध्यानाकर्षण गर्दछ । यसले विशिष्त सवारी अनुभव सुनिश्चित गर्दै उल्लेखनीय स्थिरता र सटीक ह्यान्डलिंग प्रदान गर्दछ ।

पल्सर NS 160 USD
पावर–प्याक्ड र रमाईलो बजाज पल्सर NS 160 USD एक गतिशील बाईक हो जुन राईडरको सवारी अनुभवलाई निखार्न र उनीहरुको नयाँ नयाँ ठाउँहरु एक्स्प्लोर गर्ने चाहनालाई मुर्त रुप दिन डिजाइन गरिएको हो ।
पल्सर NS 160 USD मा १६०.३ सीसी को आयल कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको BSVI इन्जिन रहेको छ । ९००० आरएमपीमा १७ पिएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क प्रदान गर्दै यो पावर हाउसले रोमाञ्चक गती र प्रतिक्रियाशील कार्यसम्पादन दिन्छ । आकर्षक डिजाइन र स्टाइलिस फिचर्सका साथ पल्सर NS 160 USD ले सबैको ध्यान आकर्षित गर्छ । साहसिक पल्सर NS 160 USD को उत्कृष्ट ह्यान्डलिङ र गतिशीलता संग कुनै सीमा रहने छैन ।

राम्रो नियन्त्रण र सुरक्षालाई मध्य नजर गर्दै डिजाइन गरिएका यि दुबै पल्सर NS 200 USD र पल्सर NS 160 USD मा अगाडि ३०० एमएमको डिस्क ब्रेक र पछाडिको २३० एमएमको डिस्क ब्रेक प्रदान गरिएको छ जसलेगर्दा तपाईंले निश्चित स्टपिङ पावर र भरपर्दो नियन्त्रणको साथ जस्तो सुकै सडकमा पनि निर्धक्क भई चलाउन सकिने गुप्ताले बताएका छन । यी दुबै बाइकहरुमा राईडर्स सेफ्टी लाई पहिलो प्राथमिकतामा राख्दै बजाज ले डुअल च्यानल एबीएस प्रणाली अपनाएको छ जसले ब्रेकमा अझै राम्रो कन्ट्रोल र स्थिरता प्रदान गर्ने गुप्ताले जनाए ।
यि दुबैमा ३३ एमएम Up side Down front suspension र क्यानिस्टर सहितको Rear Nitrox Mono shock सस्पेन्सनको संयोजनमा राईडरले कुनै पनि सडकमा सजिलैसँग चलाउन सक्ने र सहज अनि आरामदायी सवारीको मजा लिन सक्ने गुप्ताले जानकारी गराएका छन ।
यसमा रहेको New sporty Graphics को स्लीक लाइनहरूले राइडरलाई भिड बाट अलग बनाउँछ । यसको पेरिमिटर फ्रेम र ट्युबुलर फ्रेम इन्जिनको स्ट्रेस्ड मेम्बरले उत्कृष्ट सन्तुलन र स्थिरता सुनिश्चित गर्दछ । यसमा रहेको स्पिडोमिटर कन्सोलमा गियर इन्डिकेटरका साथसाथै ट्याङकीमा बाकी रहेको फ्युलले कति किलोमिटर बाइक अझै गुड्छ पनि देखाउछ ।
अगाडि १००/८०–१७ र पछाडी १३०/७०–१७ एमएमको उत्कृष्ट ग्रिपले सुसज्जित ट्युबलेस टायरहरूले यी पल्सर एनएस लाइ उच्च पकड र स्थिरता प्रदान गर्नुका साथै राइडरलाई प्रत्येक मोड र चालमा आत्मविश्वास प्रदान गर्ने गुप्ता मोटर्स ले जनाएको छ ।

पल्सर एनएस २०० र एनएस १६० अहिले नेपाली बजारमा क्रमशः रु. ४२४,९०० र रु. ३८४,९०० मा बिक्रीवितरण भैरहेको युवा ब्यवसायी गुप्ताले जनाएका छन् ।
सन्चालक गुप्ताले आफ्ना ग्राहकहरुका सुबिधालाई ध्यानमा राख्दै यो बाईक लिदा २५ देखि ५० प्रतिशत सम्म डाउन पेमेन्ट गर्दा शून्य प्रतिशत ब्याजदरमा फाईनान्स सुबिधा समेत रहेको बताएका छन ।
सो अवसरमा हुलास फिन सर्भ लिमिटेड का छेत्रीय प्रबन्धक प्रीतम मिश्रा,आई जि आई प्रुडेन्सियल ईन्स्योरेन्स लिमिटेड बिरगंज शाखाका सहायक म्यानेजर धनन्जय ठोकर,गुप्ता मोटर्सका प्रबन्धक रजत गुप्ता,बिश्वास एफएम कलैयाका प्रबन्धक साजिर मन्सूर लगायतकाको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर