कलैया ।धनुषा मा अत्याधिक मदिरा सेवन गरेर मोटरसाइकल चलाउदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने मा जिल्लाको बाटेश्वर गाउँपालिका वडा नम्बर २ निवासी अर्जुन भन्ने दलबहादुर आले रहेका छन् ।
उनले चलाइरहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीचोकी बटेश्वरले जनाएको छ ।
आइतबार राति ११ बजेको समयमा बटेश्वर गाउँपालिका वडा नम्बर ४ डाडाटोलबाट घर फर्किने क्रममा ऊनी आफैले चलाएको बा ५२ प ४२८३ नम्बरको मोटरासइकल अनियंत्रित भएर दुर्घटना भएको थियो ।उपचार को लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरी ले जनाएको छ ।
आलेको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको छ।







