साजिर मन्सूर
कलैया,असोज २७
कलैया उपमहानगरपालिका वडा नम्बर १७ स्थित श्री महाबिर नेरा माबी ब्रहम्पुरीले पुर्व बिद्यार्थीहरुलाई सम्मान गरेको छ । बिधालय प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा
२०६७ मा माबी मान्यता पाएको बिधालयबाट हाल सम्म एसएलसी तथा एसईई उतिर्ण भएर विभिन्न किसिमका सरकारी तथा गैरसरकारी संस्थाहरुमा विभिन्न पअदमा कार्यरत रहेका भुतपुर्व बिद्यार्थीहरुलाई सम्मान गरिएको बिधालयका प्रधानाध्यापक रमेश कुश्वाहाले जानकारी गराए । बिद्यार्थीहरुलाई दो सल्ला सहित सम्मानपत्रले सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा साङ्गितिक कार्यक्रम समेत गरिएको थियो ।
कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले नेकपा एमालेको मधेश प्रदेश समितिको अधिवेशनका लागि जनकपुर रहेकाले प्रमुख तिथिको रुपमा टेलीफोन मार्फत सुभकामना मन्तव्य दिएका थिए । मेयर साहले बिधालयको लागि आवस्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । 
पुर्व बिद्यार्थीलाई सम्मानित गर्ने योजना ल्याएका प्रधानाध्यापक कुश्वाहालाई स्थानियहरुले मुक्त कण्ठले प्रसंशा गरेका छन । प्रधानाध्यापक कुश्वाहा २०७८ श्रावण १ गते हाजिर भए देखि उक्त बिधालयको सम्पुर्ण छेत्रमा ब्यापज सुधार भएको वडा अध्यक्ष दिपेन्द्र कुश्वाहाले जनाए । वडा अध्यक्ष कुश्वाहाले बिधालयलाई हरेक किसिमले अग्रणी स्थानमा पुर्याउने आफुहरुको योजना रहेको र यसमा सम्पुर्ण बिधालय परिवार सहित गाउबासी र अभिभावकको सहयोग हुनुपर्ने बताए ।

प्रधानाध्यापक कुश्वाहाको अध्यक्षतामा भएको कार्यक्रममा नगर शिक्षा समितिका सदस्यहरु महमद सगिर,मनोज जयस्वाल,नेकपा एसका नेता श्रीप्रसाद पास्वान,शिक्षा तालिम केन्द्रको प्रमुख ठुलोबाबु दहाल,रामराजा बहुमुखी क्यामप्सका प्रमुख हरिभुषण कुश्वाहा,शिक्षक सेवा आयोगका पुर्व सदस्य जोगिन्द्र राउत,ॐ शान्ती कलैयाको सुस्मा दिदि,प्रीयन्का दिदी,सहित अभिभावक,स्थानिय बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
शिक्षक रमाकन्त यादवले सन्चालन गरेको कार्यक्रममा स्वागत बिद्यार्थीहरुको नृत्य बाट गरिएको थियो ।







