साजिर मन्सूर
कलैया,असोज ३०
मधेस प्रदेशकै चर्चित महिला अधिकारकर्मी तथा नेपाल महिला संघ बाराको अध्यक्ष बबिता जयस्वालले बारा प्रहरीले बर्षौ देखिको बाराली समाजसेवी महिला अधिकारकर्मी तथा स्वयं जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रसासन कार्यालयको अभियानलाई तुहाएको आरोप लगाएकी छन । महिला सन्जाल बाराकी अध्यक्ष समेत रहेकी जयस्वालले बारा बाट अस्लिल गित र डिजे पुर्ण रुपमा बन्द गराउन तत्कालिन सुन्दर शान्त अभियानको आग्रहमा स्वयं कलैया उपमहानगरपालिका सरकार सहित कैयौ स्थानिय तहले डिजे र अस्लिल गित बन्द गर्ने निर्णय गरेपछि बारा प्रहरीले पनि त्यसलाई कार्यान्वयन मात्र गरेन समुदायीक प्रहरी साझेदारी कार्यक्रम मार्फत समेत निर्णय गरि प्रभावकारि रुपमा अभियान चलाएको स्मरण गराउदै तत्कालिन प्रहरी उपरीक्षकहरुले त विभिन्न डिजे वालालाई समातेर कार्वाही समेत गरेको बताईन । जयस्वालले यो बिषय गत बर्षपनि ध्यानाकर्षण गराउदा पनि नसच्चिनु गलत भएको बताईन ।

तत्कालिन प्रजिअ फणिन्द्र मणि पोखरेल,कृष्ण बहादुर कटुवालले समेत यो अभियान लाई महत्वपूर्ण ठानेर अगाडी बढाएको तर आज स्वयं प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा प्रमुख अतिथी रहेको कार्यक्रममा समाजलाई अस्लिल गित बजाउने र जोर जोरले चर्को आवाजमा बज्ने डिजेले ध्वनि पदूषण गर्ने मात्र हैन आजकल का धेरै जसो मुटुका बिरामिलाई सहनै नसक्ने बनाउदै कतिको डिजेले ज्यान नै लिएको नागरिक समाज बाराका अध्यक्ष उमेश लाल दासले गुनासो पोखे । जिल्ला प्रहरी कार्यालय बाराले आयोजना गरेको ६८ औ प्रहरी दिवस २०८० को अवसरमा कार्यक्रममा डिजेवालालाई सम्मानित गरिदा अधिकान्स समाजिक अगुवाहरु दुखित भएको दासले बताए । नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले त प्रहरी को यो कामको भत्सर्ना गर्दै एकातर्फ आफै बन्द गराउने अनि आफै सम्मानित गरेको देखेर अचम्मित भएको बताउदै यस्तो दोहोरो चरित्रले असल समाजको कल्पना गर्न नसकिने बताउदै बारा प्रहरी प्रसासनलाई यसलाई सच्याउदै यसका लागि बिग्यप्ती निकालेर सच्याउन माग गरे । दासले पुरानो सिडिओ र एसपी ले गर्दै आएको यो अभियानका बारेमा नया आएका सिडिओ र एसपी लाई जानकारी नभएर पनि यो गल्ती भएको हुन सकने
भन्दै यसलाई सच्याउन र अभियानलाई सफल बनाउन संबंधित निकायलाई भने ।
पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहताले त कार्यक्रममा नै फरक मत राख्दै बारा प्रहरी लाई अहिलेको समयमा प्रतिबन्धित वालाले समेत सहयोग गर्दा उनीहरुलाई पनि सार्वजनिक कार्यक्रममा सम्मानपत्र बाट सम्मानित गरेको देख्दा आश्चर्य लागेको बताउदै अब त रक्सिवालालाई पनि सम्मानित गर्न छुटेको टिप्पणी गरे । उपाध्यक्ष मेहताले समाजका सम्पुर्ण अगुवा सहभागी प्रतिष्ठित कार्यक्रममा बारा प्रशासनले बन्द गराउदै हिडेको डिजेवाला लाई सम्मानित गर्नु अभियनामा लाग्नेहरुको मनोबल खसाएको बताए ।

यता कार्यक्रममा बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले प्रहरी महानिरीक्षक वसन्त बहादुर कुवरले पठाएको संदेश पठेर सुनाएका थिए ।
प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले स्वागत गरेको कार्यक्रममा संचालन प्रहरी निरीक्षक जट्टाशन्कर यादवले गरेका थिए । कार्यक्रममा बाराका सहिद प्रहरीका परिवारलाई प्रमुख अतिथि प्रजिअ नवराज सापकोटाले सम्मानित गरेका थिए । हाल सम्म बाराका ३२ जना प्रहरी जवानले कर्तब्य निर्वाहका क्रममा ज्यान गुमाएको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी गराए ।

स्मरण होस बाराका तत्कालीन प्रमुख जिल्ला अधिकारीहरु फणीन्द्रमणि पोखरेल , कृष्ण बहादुर कटुवाल , दिपक राज नेपाल यस्तै तत्कालीन एसपीहरु नरेन्द्र उप्रेती ,मिरा चौधरी ,बिकास खनाल , कृष्ण पगेनी,राजकुमार बैदबार,शसस्त्रका तत्कालीन एसपी कुमार न्यौपाने, अनुसन्धान का एसपी उत्तम खनाल, पुर्व डिएसपीहरु रन्जित सिंह राठौर ,गौतम मिश्र लगायतकाले दिनरात एक गरेर बारालाई अस्लिलता एवम डिजे मुक्त गराउन अहोरात्र काम गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर