साजिर मन्सूर
कलैया,मङ्सिर २२
श्री जिन्नाद बाबा कृषि सहकारी संस्था लिमिटेड को १० औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको प्रसौनी गाउपालिका ५ प्रस्टोकामा रहेको सो सहकारी संस्थाको भलुही चौकमा साधारणसभा सम्पन्न भएको हो ।
संस्थाले खासगरी कृषक सदस्यहरुको दिगो बिकासका लागि नविनतम प्रबिधि सहित प्रतिस्पर्धात्मक एवम गुणस्तरीय कृषि सेवा प्रवाह गर्ने उदेश्यका साथ यो संस्था स्थापना भएको संस्थाका अध्यक्ष श्रीलाल प्रसाद साहले जानकारी गराए । अध्यक्ष साहले उत्कृष्ट कृषि एवम कृषि उत्पादनका लागि बितिय सेवा सहितको परिकल्पना बोकेको यो संस्था कृषकहरुको लागि बर्दान साबित हुँदै गएको बताएका छन ।
संस्थाले सदस्यहरूलाई तरकारी खेती लगायत पशु बिमा,बाली बिमा जस्ता तालिम,अभिमुखिकरण गोष्ठी संचालन गर्नुको साथै कृषिमा स्वरोजगार हुन चाहने युवाका लागि कृषिमा लगानी गर्ने गरेको संस्थाका अध्यक्ष साहले जनाएका छन । संस्थामा ३०१ शेयर सदस्य रहेको संस्थामा १ करोड ८ लाख कृषि लगानी रहेको अध्यक्ष साहले जनाएका छन । साहले संस्थाको जगेडा कोषमा १० लाख २७ हजार रहेको र संस्थाले कुल कृषि कारोबार २७ लाख ६४ हजार गरेको बताएका छन । संस्थाको शेयर पुजि २७ लाख २ हजार,कुल निछेप ८२ लाख ३८ हजार रहेकोमा गएको आवमा संस्थाको कुल आम्दानी १९ लाख ७८ हजार मध्ये कुल खर्च ११ लाख ७२ हजार गरि खुद नाफा ६ लाख ३० हजार गरेको साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष साहले जनाए ।
कार्यक्रम सम्बोधन गर्दै प्रमुख अतिथि प्रसौनी गाउपालिकाका अध्यक्ष बिनोद प्रसाद जयस्वालले यो संस्था अत्यन्तै राम्रो किसिमले चलिरहेको भन्दै प्रसंशा गरेका छन । जयस्वालले अरुले जे भनेपनि नियम विधि अनुसार चलेको यो संस्था लाई आवस्यक सहयोग गरिरहने प्रतिबद्धता जनाएका छन ।
संस्थाका अध्यक्ष साहको अध्यक्षता एवम प्रसौनी गाउपालिकाका अध्यक्ष बिनोद प्रसाद जयस्वालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथी प्रसौनी गाउपालिका उपाध्यक्ष किरण साह,फेटा गाउपालिका उपाध्यक्ष निलम साह,प्रसौनी गापाका वडा नम्बर ७ का अध्यक्ष ईस्लाम मिया ,फेटा गाउपालिकाको कार्यपालिका सदस्य मदन प्रसाद साह कानु, प्रसौनी गापाको कृषि शाखा प्रमुख सुनिल महतो,समाजसेविहरु केदार साह,प्रदिप साह,रमेश साह,निरज पुडासैनी,कृषि प्राबिधिक आलोक मण्डल,रोषन मन्डल,पब्लिक ईङ्लिश बोर्डिङका रामबिनेश बैठा,सन्जय कुश्वाहा,अनुज यादव,सन्चालक समिति उपाध्यक्ष भुलावन साह,कोषाध्यक्ष दिलिप साह,सचिव सुरेन्द्र थारु सहितकाको उपस्थिति रहेको थियो ।
नियमित बचत कर्ता मध्ये उत्कृष्टमा चयन भएका प्रस्टोकाका कृष्णकान्त साह,बेलहियाका डा. सुरेन्द्र साह,भरवलियाको सुगन्धी देबि,बन्जरियाका हरेन्द्र साह,भलुहिको फुलवा देबि लाई संस्थाले बिशेष सम्मानित गरेको छ । यस्तै संस्था बाट ऋण लिएर नियमित ऋण बुझाउने उत्कृष्ट रिणि बेलहियाका नारायण साह गोढ,भलुहिका काशी थारु,बन्जरियाका कृष्ण राउत लाई समेत सम्मानित गरिएको संस्थाका अध्यक्ष साहले जनाए । संस्थालाई सहयोग गर्ने ज्येष्ठ नागरिक गणेश महतो,पाउडरी देबि तत्मा लाई सम्मान गरिएको थियो । संस्थाले समाजिक अभियन्ता सन्चारकर्मी साजिर मन्सूरलाई सम्मान पत्रले सम्मानित गरेको छ । समाजमा अस्लिलता मुक्त समाज निर्माण गराउन अहोरात्र काम गर्ने अभियानका सन्योजक मन्सूरलाई सम्मानित गरिएको संस्थाले जनाएको छ । राजकिशोर साहले सन्चालन गरेको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष भुलावन साहले गरेका थिए ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702