सान्केतिक तस्बिर
कलैया – जल तथा मौसम विज्ञान विभागले बाराको ३ क्षेत्रमा बाढीको जोखिम रहेको हुदा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मोबाईल एसेमेसबाट सतर्क गराउदै विभागले बाराको अमलेखगन्ज , चन्द्रपुर , निजगढ , रतपुरी लगायत आसपास धेरै स्थानमा पछिल्लो ३ घण्टा भारि बर्षा भएको र थप बर्षा हुनसक्ने भएकोले उक्त क्षेत्र भएर बग्ने पसाहा , लमाह , दुधौरा , बकैया लगायतको नदीमा बाढी आउन सक्ने प्रक्षेपण गरेको छ । त्यसैले तटीय क्षेत्रको बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
-प्रियंंका दास – कलैया, बारा







