बिश्वास सम्बादाता
बिरगञ्ज,कार्तिक ६
अस्ट्रेलियामा बसोबास गर्दै आएका इन्जिनियर आर्यन सुरज राउतलाई कम्युनिटी इन्टरनेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (KICCI International) ले प्रशंसा पुरस्कार (Appreciation Award) प्रदान गरी सम्मानित गरेको छ।
सन् २०२६ मे ३ तारिखमा भारतको नयाँ दिल्लीस्थित कन्स्टिच्युसन क्लब अफ इन्डियामा आयोजित ‘KICCI International Conclave’ का अवसरमा राउतलाई उक्त सम्मान प्रदान गरिएको हो। उनी अस्ट्रेलियामा रहेकाले संस्थाका कार्यवाहक अध्यक्ष राम पुकार राउतले उनको निवासमा पुगेर उनका बुबा राम आर्य राउतलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन्।
संस्थाले जारी गरेको सम्मानपत्रमा ‘Er. Aryan Suraj Raut’ उल्लेख गर्दै उनलाई KICCI International को अस्ट्रेलिया च्याप्टरसँग सम्बन्धित प्रतिनिधिका रूपमा सम्मान गरिएको जनाइएको छ।
अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने यस्ता कार्यक्रमले विभिन्न देशमा कार्यरत व्यावसायिक तथा प्राविधिक क्षेत्रका व्यक्तिहरूबीच सहकार्य, अनुभव आदानप्रदान र आपसी सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिन्छ।
KICCI International बाट प्राप्त यस सम्मानले इन्जिनियर राउतको व्यावसायिक यात्रामा थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।
यता प्रसंशा पत्र ग्रहण गर्दै उनका बुवा आर्यले छोराले पाएको सम्मान ग्रहण गर्न पाउनु मेरालाई गर्वको कुरा भएको बताएका छन । उनले हरेक आमा बुवाको सपना नै उनका छोराछोरी ले समाज र रास्ट्रका लागि उल्लेखनीय योगदान गरून् भन्ने चाहना हुन्छ त्यसैले छोराले अझ यस्ता समाजिक कार्य निरन्तर गर्दै जाओस भनेर गहवा माता सङ्ग प्रार्थना गरेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर