८ कार्तिक ,बारा ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७, जितपुरस्थित मदरसा टोलबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख प्रहरी निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले गोपनिय सूचनाका आधारमा गए राति करिब ८:२० बजे २६ वर्षीय इमाम देवानलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका देवानको साथबाट प्लाष्टिकसहित तौल गर्दा ०.११० ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद गरिएको छ। बरामद गरिएको उक्त पदार्थको परीक्षण तथा घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर