वीरगंजबाट काठमाडौं जाँदै गरेको बस नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गएको पहिरोेले बगाउँदा पर्साको सखुवा प्रसौनी गाउँपालिकाका ५ जना वेपता भएका छन् ।

शुक्रबार विहान पहिरोले बगाएको एञ्जल बसमा सवार २४ जना मध्ये सखुवा प्रसौनी गाउँपालिकाका दुई कर्मचारी र ३ जना स्थानिय रहेका छन् ।

पहिरोले बगाएको बसमा सवार सखुवा प्रसौनी गाउँपालिकाका दुई स्वास्थ्यकर्मी र एकै परिवारका तीनजना परेका छन । सखुवा प्रसौनी गाउँपालिका रेडियो ग्राफर श्रृष्टि यादव, ल्याब असिस्टेण्ट रैफुल अन्सारी र वडा नम्बर २ जमुनियाका एकै परिवारका तीन जना परेका छन् । जमुनियाका हृदयनारायण चौधरी थारु, उनकी श्रीमती भगवती थरुनी र छोरी चन्द्रप्रभा रहेका छन् ।

उनीहरु तीन जनाको परिवार उपचारका लागि काठमाडौं जादै थिए । स्वास्थ्यकर्मीहरुमा सखुवा प्रसौनी गाउँपालिकाको अस्पतालमा कार्यरत रेडियो ग्राफर यादव कलैया उपमहानगरपालिका वडा नं. ६ निवासी हुन् भने ल्याब असिस्टेण्ट अन्सारी सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ कट्या डुबरवाना निवासी हुन् ।

यसैबिच पर्साकै बहुदरमाई नगरपालिकाका २ जना त्यसै घटना बेपत्ता भएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर