हैजाको लक्षण देखिएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा सोमबार भर्ना भएका तीन जना बिरामी अस्पतालबाट भागेका छन् ।

अस्पतालका निर्देशक डा. युवानिधि बर्सौलाका अनुसार ती व्यक्तिलाई हैजा हुनसक्ने शंका गरिएको थियो ।

ललितपुर गोदावरी नगरपालिकास्थित ठैबको एक सुधार गृहमा रहेका १६ वर्षीय एक किशोरमा सोमबार हैजा पुष्टि भएको थियो । त्यसपछि सुधार गृहमा झाडापखाला लागेका शंकास्पद बिरामीलाई टेकु ल्याइएको थियो ।

गृहका ४० र २१ वर्षका दुई जना पुरुषलाई वार्डमा भर्ना गरिएको थियो भने करिब २८ वर्षका एक पुरुषलाई आकस्मिक कक्षमा नै भर्ना गरिएको थियो ।

अस्पतालका अनुसार तीनै जना हैजा शंकास्पद बिरामीले अस्पतालमा भर्ना हुने बेलामा केही भएको छैन, किन हामीलाई समातेर ल्याएको भन्दै भर्ना हुन मानेका थिएनन् ।

सुधार गृहमा जानकारी लिँदा अस्पतालबाट भागेका बिरामी नपुगेको जानकारी पाएको डा. बसौलाले बताए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), जनस्वास्थ्य कार्यालय ललितपुर र जिल्ला प्रशासन कार्यालय ललितपुरको समवन्यमा तीन युवाको खोजी भइरहेको छ ।

ईडीसीडी, विश्व स्वास्थ्य संगठन, जनस्वास्थ्य कार्यालयको टिम, नगरपालिकाको स्वास्थ्य शाखा लगायतको टिमले पानीको नमुना परीक्षणका लागि लिनुका साथै कहाँबाट कसरी हैजा देखियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर