बारा प्रहरीले ६४ लाख भन्दा बाढीका अबैध सामान नियन्त्रणमा लिएको छ ।

बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगन्ज बाराबाट प्रहरी बरिष्ट नायव निरीक्षक त्रिभुवनलाल स्साह्को कमाण्डमा खटिएको प्रहरीको टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ बाट उक्त अबैध सामान नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ५ ख ७१६६ नम्बरको दिब्बे तर्कलाई रोकेर चेकजाँच गर्दा सपोटिंग बिल नभएको र सामानको श्रोत खुलाउन नसकेपछी रु.६४ लाख ५८ हजार २सय ७४ रुपैयाँ बराबरको लोड ईलेक्ट्रोनिक गुड , लिष्टिक र वाईरिंगको सामान समय नियन्त्रणमा लिएको छ ।

ट्रकसहित नियन्त्रणमा लिएको सामानलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जनाउनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर