मधेस प्रदेश सरकारले गायक गुरुदेव कामतको निधनको शोकमा नेपालको झण्डा आधा झुकाएर सरकारी कामकाज गरेको छ ।
शास्त्रीय संगीतका साधक एवम लोकप्रिय गायक कामतको शोकमा प्रदेश सरकारले आज आधा झण्डा झुकाएर काम गरेको हो ।
गायक कामतको १७ साउनमा (बिहीबार) असामयिक निधन भएको थियो । कामतको असामयिक निधनले स्तब्ध भएको भन्दै सम्मानका लागि आधा झण्डा झुकाउने निर्णय प्रदेश सरकारले गरेको थियो । प्रदेश सरकारको सोही निर्णयबमोजिम आइतबार आधा झण्डा झुकाइएको मुख्यमन्त्री सतिस सिंहले बताए ।
आज दिनभर आधा झण्डा झुकाएर सबै मन्त्रालयलाई कामकाज गर्न निर्देशन दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
सिरहाको पतारी गाउँपालिका वडा नम्बर २ पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको निधन भएको थियो ।







