वीरगंजका दुई जनामा मलेरियाको सङ्क्रमण पुष्टि भएको छ ।
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको लागि पुगेका वीरगंज महानगरपालिका वडा नम्बर १७ निवासी एक व्यक्तिलाई मलेरियाको संक्रमण पुष्टि भएको हो ।
लामो समयदेखि ज्वरोले ग्रसित रहेका ती बिरामीको मलेरियाको आशंकामा गरिएको परीक्षणबाट मलेरिया पुष्टि भएको अस्पतालका चिकित्सकहरूले जनाएका छन् ।
उपचारको क्रममा उनलाई अस्पताल पुर्या उन आएका अर्का व्यक्तिको समेत परीक्षण गर्दा उनीमा पनि मलेरियाको संक्रमण देखिएको छ । यसपश्चात जिल्ला स्वास्थ्य कार्यालय पर्सा र वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य अधिकारीहरूको टोलीले थप परीक्षण गरी मलेरियाको संक्रमण पुष्टि गरेका छन् ।
जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, यो आयातित मलेरिया भएको बताइएको छ ।







