प्रभु साह नेतृत्वको आम जनता पार्टीले वीरगंजमा संविधानको अन्त्येष्टि गर्नै लाग्दा प्रहरीले ९ जनालाई पक्राउ गरेको जनाएको छ । यो संबिधानको खारेज हुनुपर्ने भन्दै आजपाले आज वीरगंजमा अन्त्येष्टि गर्दै थियो ।

अन्त्येष्टिको लागी संविधानको शव यात्रा निकालेर नगर परिक्रमा गरिरहेको अवस्थामा आजपाका केन्द्रीय कमिटीका सचिव बाबुराम कौशिक , मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहा , आजपा नेताहरू श्रीभगवान पटेल, लालबाबु मन्सुरी, किरण यादव ,सुनिल साह ,राकेश बैठा, सन्देश साह, सन्ध्या पासवान लगायतका नेताहरुलाई गरिएको पर्सा प्रहरीले जनाएको छ ।

अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक दिपक भारतीले बताउदै संविधान विरुद्ध लाग्ने मुद्दामा कारवाही गर्ने जानकारी दिनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर