आइतबार बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ। श्रीलंका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे निर्णय गर्न बस्ने भनिएको बैठक स्थगित भएको हो। अब अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने छ।

प्रस्तावित राजदूत भट्टराईलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने तयारी गरेको छ। भट्टराईले राजदूत सिफारिस भएपछि परराष्ट्र मन्त्रालय र सुनुवाइ समितिमा न्यूनतम स्नातक गरेको शैक्षिक प्रमाणपत्र पेश नगरेपछि बिहीबार समितिले तुरुन्तै पेश गर्न भनेको थियो।

तर, भट्टराईले प्रमाणपत्र नै पेश नगरेपछि उनलाई अस्वीकृत गर्न आइतबार बिहान ११ बजे समितिको बैठक बोलाइएको थियो। तर आजको बैठक बस्दै नबसी स्थगित भएको छ।

एक सांसदका अनुसार भट्टराईले निर्देशनअनुसार शैक्षिक प्रमाणपत्र पेश गरेका छैनन्। राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ अनुसार राजदूत हुन स्नातक उत्तीर्ण गरेको हुनुपर्छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर