चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिक रूपमा आज स्वदेश फर्किने भएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली पार्टी सभापति रवि लामिछाने सहकारी बचत अपचलनमा पक्राउ पर्ने आशङ्का भएपछि भ्रमण छोट्याएर फर्किन लागेको हो । रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि अस्ति शनिवार मध्यरातमा चीनका लागि उडेको थियो ।

टोलीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर