महोत्तरीको गौशालामा नदीले बगाउँदा एक जना बालक बेपत्ता भएका छन् ।
गौशाला नगरपालिका वडा नं ८ कुसमारीमा सोनी नदीले बगाउँदा स्थानीय १६ वर्षीय रोहित साह बेपत्ता भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।
जैसवारले खोलामा बाढी हेर्न गएको बेला उनलाई बगाएको बताउनुभयो।
यस्तै ११ वर्षीया करिना महतोलाई समेत बाढीले बगाएकोमा प्रहरीले सकुशल उद्धार गरेको हो ।







