वीरगंज – जिल्ला प्रहरी कार्यालय बाराले चाडपर्व लक्षित आफ्ना सुरक्षा योजना सार्वजनिक गरको छ । बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले पत्रकार समेलन गरी सुरक्षा योजनाबारेमा बताउनु भएको छ ।
चाडपर्वमा हुने सुरक्षा चुनौतीलाई पहिचान गरी त्यही अनुसारको सुरक्षा योजना बनाईएको प्रहरी उपरीक्षक खड्काले बताउनुभएको हो ।
बारा प्रहरीले चाडपर्वमा पूर्वपश्चिम राजमार्गमा हुने लुटपाट , सिमावर्ती ईलाकामा हुने अबैद्ध कारोबार , वित्तीय संस्थामा चोरी तथा लुटपाट , मेलामा हुने हुलदंगा , कालोबजारी , सवारी दुर्घटना लगायतको सुरक्षा चुनौती पहिचान गरेको छ ।
प्रहरीले यो सबै चुनौतीलाई न्यूनीकरण गर्नको लागी अग्रिम तयारी गरी सुरक्षा योजना सार्बजनिक गरेको हो । सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्नको लागी जिल्लाभर १०१५ प्रहरी परिचालन हुने प्रहरी उपरीक्षक खड्काके बताउनुभयो ।
उहाँले डिउटी डबल गर्नुको साथै एसपी र डिएसपीको नेतृत्वमा १४ जना प्रहरी अधिकृत ठाउँ ठाउँमा अनुगमनको लागी परिचालित हुने बताउनुभएको हो ।
बढी चुनौतीको रुपमा लिईएको सिमावर्ती लगायतका ५३ स्थानलाई पहिचान गरी त्यहाँ २९० प्रहरी परिचालित गरिने समेत जनाउनुभयो । त्यसैगरी १० वटा मोबाईल गस्ती टोलीमा ८२ प्रहरी खटाईने , हईवेमा गस्ती गर्नको लागी १० जना प्रहरी खट्ने खड्काले बताउनुभयो ।
चाडपर्व र मेलाको समयमा हुने सार्वजनिक गाडीमा लुटपाट नियन्त्रण गर्नको लागी चुरेदेखी निजगढ र रौतहटको सिमासम्म चल्ने रात्रि बसमा हतियारसहित १४ जना प्रहरीको टोली परिचालित हुने प्रहरी प्रमुख खड्काले जनाउनुभयो ।
यसैगरी ५० वटा मोटरसाईकल गति टोलिमा २०८ प्रहरी , पैदल गस्तीमा ३३ प्रहरी , तुरुन्तै उद्धारमा खट्ने ३० प्रहरी र सुचना संकलनको लागी ७ टोलीमा १६ जना प्रहरी परिचालित गरिएको खड्काले बताउनुभएको हो ।
प्रहरी प्रमुख खड्काका अनुसार ९ वटा यात्रु सहायता कक्षमा २२ प्रहरी कर्मचारी , डिटेलसमा चेकजाँच गर्नको लागी ८ देखि १० टोलीमा ९१ प्रहरी परिचालित हुने ।
घटना घटे लगतै रिस्क्युको लागी ५ वटा टोलीमा १७ प्रहरी परिचालन गर्नुको साथै ठाउँ ठाउँमा सवारी दुर्घटना रोक्नको लागी स्पीड कन्ट्रोल गर्न प्रहरी परिचालन गरे प्रहरी प्रमुख खड्काले जनाउनुभयो ।







