पर्साका कालिकामाई गाउँपालिका अध्यक्ष वशिष्ठका बुवा लागुऔषधसहित पक्राउ

पर्सा प्रहरीले कालिकामाइ गाउँपालिका अध्यक्षका बुवालाई लागु औषध अफिमसहित पक्राउ गरेको छ ।

गाउँपालिका अध्यक्ष वशिष्ठ कुमार गुप्ताका बुवा सुरेश कलवार शनिबार बिहान वीरगन्जबाट लागु औषध अफिमसहित पक्राउ परेका हुन् ।

विशेष सूचना अनुसार उनलाई लागु औषध अफिमसहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । वीरगन्जको आदर्शनगरबाट कलवारलाई करिब ४ ग्राम अफिमसहित पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

अफिमसहित पक्राउ परेका कलवारमाथि प्रहरीले अनुसन्धान गरिरहेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताउनुभयो ।

कलवारको घरको कम्पाउन्डमा राखिएको मोटरसाइकलबाट अफिम बरामद भएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका कलवारलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर