सानो पाईला सहकारी ठगि प्रकरणमा वीरगंज ल्याईएको रास्वपाक सभापति रवि लामिछानेसंग जिल्ला अदालत पर्सास्थित सरकारी वकिलको कार्यालयले झन्डै ४ घण्टा बयान लिईएको छ ।

सोमबार साझँ ल्याईएको रविलाई आज बिहान ९:१५ बजे बयानको लागी सरकारी वकिलको कार्यालयमा लगिएको थियो ।

त्यपछि सरकारी वकिल कार्यालय पर्साका प्रमुख न्याधिवक्ता भोलानाथ निरौलाले लामिछानेसंग १७ वटा प्रश्न गर्दै झन्डै ४ घण्टा बयान लिनुभएको थियो । आजको बयान १:३० बजे सकेको थियो ।

आजको बयान सकेपछी फेरी रविलाई ल्याएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । प्रमुख न्याधिवक्ता निरौलाका अनुसार अब रविसंग लिखित बयान लिइने छ ।

लिखित बयानपश्चात पनि रविलाई आज राति पर्सा प्रहरीको हिरातमै राखिने र भोलि बुधबार पोखरा पठाईने रास्वपा पर्साका संयोजक हरी पन्तले बताउनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर